Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्रिपरिषद् विस्तार, नागरिक उन्मुक्ति सहभागी भएन



काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री शाहले माओवादी केन्द्रबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउद तथा नेपाली कांग्रेसका सांसद पृथ्वी बहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन् । साथै माओवादी केन्द्रकी समानुपातिका सांसद गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएकी छन् ।

तीनैजना मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशी र राज्यमन्त्री मालले मुख्यमन्त्री शाहबाट आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

त्यस्तै आफुले भनेको मन्त्रालय नपाएपछि नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागीता जनाएन  ।

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।