काठमाडौं । पूर्वी रुकुममा भूकम्पको धक्का महसुस गरिएको छ ।
पूर्वी रुकुमको हुकाम गाउँ आसपास केन्द्रबिन्दु भएर आज बिहान २ः५९ मा ४.१ रेक्टरको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
यसअघि बाजुरा लगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पविद्हरुले नेपालको हिमाली तथा पहाडि क्षेत्रहरुमा भूकम्पको जोखिम रहेको बताउँदै आएका छन् ।
वि.सं.२०८० जेठ ७ आइतवार ०७:४९ मा प्रकाशित






























