back
CTIZAN AD

ओली भन्छन् – सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने पत्यार छैन

वि.सं.२०८० जेठ ७ आइतवार

927 

shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न सफल हुनेमा विश्वस्त हुने आधार नभएको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचार नियन्त्रण गर्ने सबालमा सरकार स्टनबाजी शैलीमा मात्रै देखिएको ओलीको आरोप छ । ‘मलाई लाग्दैन, सरकारले सबै प्रकारका भ्रष्टाचार नियन्त्रण गर्नेछ । भ्रष्टाचारका सबै विषयलाई कानुनी कारबाहीको दायरमा ल्याउनेछ भन्ने मलाई पत्यार लागिराख्या छैन’, उनले भने ।

उनले भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन सन्देहपूर्ण भएको बताए ।

उनले दोषीलाई छुट दिने र निर्दोषलाई फसाउने गरी सरकार लागेको आरोप लगाए । यदि निर्दोषलाई फसाउने गरी सरकार लागेमा एमाले चुप नलाग्ने ओलीको चेतावनी छ ।

ओलीले भ्रष्टाचारका सबै मुद्दामाथि छानबिन हुनुपर्ने पनि बताएका छन् ।

वि.सं.२०८० जेठ ७ आइतवार १३:३५ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...