back
CTIZAN AD

शरणार्थी प्रकरणमा आफुलाई जोडिएपछि ओलीले भने– बाघ भोकै मर्छ, घाँस खाँदैन

वि.सं.२०८० जेठ ७ आइतवार

939 

shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा एमाले र आफुमाथि अनर्गल दोष थुपारिएको आरोप लगाएका छन् । उनले कतिपयलाई एमाले र आफुमाथि आरोप लगाउन रहर जागेको पनि टिप्पणी गरे ।

उनले आफुमाथि छानबिन गर्न सरकारलाई चुनौति दिएका छन् । “म चुनौतिका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, प्रधानमन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ”, प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, “छानबिन होस्, छानबिन गरियोस् ।”

ओलीले सरकार निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन लागेको पनि आरोप लगाए । “हामी सधैँ भ्रष्टाचारका विरुद्धमा छौं, भ्रष्टाचारका कोही पनि दोषी छुट्नुहुन्न भन्ने पक्षमा छौं । तर, अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ”, ओलीले भनेका छन्, “म खबरदारी गर्न चाहन्छु । दोषी उम्काउने, निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ । किनभने यो भोलि अझ भयावह रुपमा निस्कन्छ । आगो छोप्न सकिन्छ, धुँवा छोप्न सकिन्न ।”

ओलीले तीन नेताबीचको भेटवार्तालाई लिएर आफुमाथि गरिएको टिप्पणीको पनि विरोध गरेका छन् । उनले आफुँ कुनै कसैलाई जोगाउन लागि नपरेको बताए ।

“संसदीय अभ्यासका क्रममा धेरै जटिलताहरु आउँछन्, त्यस विषयमा छलफल गर्नुपर्छ, तीन जना नेता भेट्दा पनि मानिलिऊँ दुईजना दूधले नुहाएकामात्र होइन, दुधै कुण्डमा नुहाएका, मचाहिँ त्यहाँ लौन मेरा नेता बचाइदेऊ भनेर म्याउँम्याउँ गर्न गएँ ?”, ओलीको प्रश्न छ, “केपी ओलीले अथ्र्योक गर्ला, बाघ भोकै मर्छ, घाँस खाँदैन ।”

वि.सं.२०८० जेठ ७ आइतवार १४:२० मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...