Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

साम्पाङ्गमाथिको टिप्पणीले ट्रोल बनेपछि ‘बहुला’ शब्दकाे बचाउमा यसरी उभिए रिमाल



काठमाडौं । एमालेका नेता विष्णु रिमाल आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । धरानका मेयर हर्क साम्पाङ्गलाई होच्याउने शैलीमा ‘बौलाहा’ भनेपछि उनको विरोध सुरु भएको थियो ।

सामाजिक सञ्जालमा आफुविरुद्ध व्यापक विरोध भएपछि रिमालले साम्पङ्गमाथि गरिएको टिप्पणीको बचाउ गरेका छन् । उनले ‘बौलाहा’ शब्दलाई आफुले भिन्न रुपमा लिएको पनि बताएका छन् । उनले बौलाहा शब्दलाई ‘क्रान्तिकारी’ शब्दको रुपमा व्याख्या गरेका छन् ।

ओलीका विभिन्न भूमिकासँग जोड्दै उनले बहुलाएरै मात्रै परिवर्तन हुने बताएका छन् ।

“हो, अब हामी ‘बहुलाउनै’ पर्छ, ०७२ सालमा संबिधान निर्माण गर्न हामी ‘बहुलाएरै’ लागेका थियौं । त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली ‘बहुलाएरै’ भिड्नु भएको थियो, जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्‍यो, ०७४ को चुनावपछि हामी ‘बहुलाएरै’ काममा जोतिएका थियौं”, रिमालले भनेका छन्, “आधा शताब्दीसम्म हाम्रो सम्प्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी हामीले ‘बहुलाएरै’ नक्सामा सामेल गर्‍याैं, सिंगो मुलुक एक ठाउँमा उभियो, अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन ‘बहुलाएर’लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– ‘बहुला पाराले’ काम गर्ने धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर !”

उनले परिवर्तनको विषयमा आफु पनि बहुलाएरै लाग्ने गरेको बताएका छन् । उनले अगाडि भनेका छन्, “म पनि काम गर्ने मामिला ‘बहुलाउने’ मानिस हुँ, हो, मुलुकमा केही गर्न हामी अब ‘बहुलाउनै’ पर्ने भो !”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।