back
CTIZAN AD

विभिन्न देशमा दुर्घटनामा परेर एक सातामै पाँच नेपालीले ज्यान गुमाए

वि.सं.२०८० जेठ ७ आइतवार

924 

shares

काठमाडौं । विभिन्न सिलसिलामा विदेशमा रहेका पाँच नेपालीले विभिन्न दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।

जेठको पहिलो सातामा जापानमा २, अष्ट्रेलियामा २ र पोर्चुगलमा १ गरी पाँच नेपालीले ज्यान गुमाएका हुन् ।

श्रोतका अनुसार सवारी दुर्घटनामा परि जापान र अष्ट्रेलियामा ४ नेपालीले ज्यान गुमाएका छन् भने पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको मृत्यु भएको छ ।

जापानमा दुई विद्यार्थीको मृत्यु
जापानमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई नेपाली युवाको मृत्यु भएको छ ।

विद्यार्थीको रुपमा जापानमा अध्ययन गरिरहेका काभ्रे भुम्लु गाउँपालिका वडा नं ९ का २२ वर्षीय नवराज तामाङ र ओखलढुंगा चिशंखुगढी गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय युवराज थापाले ज्यान गुमाएका हुन् ।

जापानको मियाग प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार रोकिराखेको बसमा ट्रकले ठक्कर तामाङ र थापाको ज्यान गएको त्यहाँको समाचार संस्था जापान टाइम्सले जनाएको छ ।

बसमा समस्या देखिएपछि चालकलाई लाइट देखाएर बनाउन सघाइरहेका उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो । उक्त दुर्घटनामा बस चालकको समेत मृत्यु भएको थियो ।

पारीवारीक श्रोतका अनुसार युवराज १२ कक्षा सकेर थप अध्ययनका लागि गतवर्ष जेठमा जापान गएका थिए भने काभ्रेका नवराज गत कात्तिकमा मात्रै जापान गएका थिए । उनीहरु दुवैको शब नेपाल ल्याउनका लागि पहल भइरहेको बताइएको छ ।

अष्ट्रेलियामा दम्पत्तिको मृत्यु
अष्ट्रेलियामा रहेका एक नेपाली दम्पत्तिले पनि सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।
रुपन्देही सियारी गाउँपालिका वडा नं ४ का ३३ वर्षीय सन्तोष अधिकारी र २४ वर्षीया प्रतिमा अधिकारीले कार दुर्घटनामा ज्यान गुमाएका हुन् ।
अष्ट्रेलियाको मेलवर्नमा अध्ययनरत उनीहरुको गत सोमबार कामबाट फर्किदै गर्दा विपरित दिशातर्फबाट तिब्र गतिमा आइरहेको कारले अधिकारी दम्पत्तिको कारलाई ठक्कर दिँदा दुवैको घटनास्थलमै मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।
अध्ययनसँगै मेलवर्नमै एज्डकेयरमा कार्यरत दुवै दम्पत्तिको शब नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ ।

पोर्चुगलमा सुतेकै अवस्थामा मृत्यु
पोर्चुगलमा कार्यरत एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि मात्र पोर्चुगल पुगेका बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो ।

गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीका अनुसार साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको हो । बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताएका छन् ।

पोर्तीमाउस्थित एक होटलमा कार्यरत उनी विगत आठ वर्षदेखि घर नफर्किएको र रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुगेका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ ।

परिवारको आग्रहमा उनको शव नेपाल ल्याउने तयारी भइरहेकोले आर्थिक सहयोग गर्न पोर्चुगलवासी नेपालीमा अनुरोध गरिएको छ ।

वि.सं.२०८० जेठ ७ आइतवार १५:२७ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...