काठमाडौं । नेकपा माओवादी केन्द्रले बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई समेट्दै ‘रिर्टनी सेन्टर नेपाल’ नामक संगठन बनाएको छ ।
बैदेशिक रोजगारीमा रहँदा पार्टीका विभिन्न भातृ संगठनमा आवद्ध रहेको र देश फर्किएर पनि पार्टीमै सक्रिए रहेकाहरु नेता तथा कार्यकर्तालाई संगठिन गर्दै देवेन्द्र सम्बाहाम्फेको नेतृत्वृमा रिर्टनी सेन्टर नेपाल’ गठन गरेको हो ।
सम्बाहाम्फेको संयोजकत्वमा गठन भएको ‘रिर्टनी सेन्टर नेपाल’ को ५१ सदस्यीय भेला आयोजक समिति समेत बनाइएको छ । यहि जेठ २६ गते काठमाडौंमा भेलाको आयोजना गरिएको संयोजक सम्बाहाम्फेले जानकारी दिए ।
उनका अनुसार भेला सम्पन्न गर्नका लागि विभिन्न कमिटीहरु समेत बनाइएको छ । जसमा विधान मस्यौदा समितिको संयोजकमा भिम लकान्द्री, डिजिटल तथा प्रचार प्रसार समितिमा निमेष वली र हेमन्त पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ । यहि जेठ २६ गते हुने भेलाले तर्दथ समिति गठन गर्ने र उक्त समितिले ६ महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने तयारी भइरहेको समेत सम्बाहाम्फेले जानकारी दिए ।
गत बिहीबार र शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकले रिटर्नी सेन्टर नेपाल’को गठन गर्ने निर्णय गर्दै त्यसबारे जानकारी दिन तल्लो तहका कमिटीहरुमा सकूर्लर जारी गरेको थियो । उक्त सेन्टरको गठनसँगै माओवादी केन्द्रका भातृ संगठनको संख्या २४ पुगेको छ ।
नेकपा एमालेले पनि एक वर्षअघि विदेशस्थित आफ्ना भातृसंस्थामा रहेर काम गरेर स्वदेश फर्किएकाहरुलाई समेट्दै रिर्टनी फेडरेशन नेपाल गठन गरेको थियो ।
तत्कालीन प्रवासी नेपाली मन्च युएईको महासचिव बनेका उत्तम अधिकारी गतवर्ष चैतमा सम्पन्न ‘रिर्टनी फेडरेशन’को प्रथम महाधिबेशनबाट निर्विरोध अध्यक्षमा निर्वाचित भएका थिए ।
वि.सं.२०८० जेठ ८ सोमवार १२:२६ मा प्रकाशित






























