back
CTIZAN AD

१९ सयकाे नजिक पुग्याे नेप्से

वि.सं.२०८० जेठ ८ सोमवार

804 

shares

काठमाडाैं । सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको छ । नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ०.५४ अंकले बढेको छ ।

सोमबार कारोबार भएका २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँमा किनबेच भयो । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ । आइबार १ अर्ब ६० करोड ४ लाख ९२ हजारको कारोबार भएको थियो ।

आज १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने २ उपसमूहको सूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.४४ प्रतिशत र होटल तथा पर्यटन उपसमूहको सूचक १.५२ प्रतिशतले बढेको छ । व्यापार ०.९९ प्रतिशत र बैंकिङ उपसमूहको सूचक ०.०२ प्रतिशतले घटेको छ ।

आज आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । त्यस्तै, युनिलिभर नेपालको शेयरमूल्य ७.०१ प्रतिशत र गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।

यता ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य ७.३७ प्रतिशत घटेको छ । सोमवार शिवम् सिमेन्ट्स कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

वि.सं.२०८० जेठ ८ सोमवार १७:४६ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...