
काठमाडाैं । सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको छ । नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ०.५४ अंकले बढेको छ ।
सोमबार कारोबार भएका २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँमा किनबेच भयो । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ । आइबार १ अर्ब ६० करोड ४ लाख ९२ हजारको कारोबार भएको थियो ।
आज १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने २ उपसमूहको सूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.४४ प्रतिशत र होटल तथा पर्यटन उपसमूहको सूचक १.५२ प्रतिशतले बढेको छ । व्यापार ०.९९ प्रतिशत र बैंकिङ उपसमूहको सूचक ०.०२ प्रतिशतले घटेको छ ।
आज आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । त्यस्तै, युनिलिभर नेपालको शेयरमूल्य ७.०१ प्रतिशत र गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।
यता ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य ७.३७ प्रतिशत घटेको छ । सोमवार शिवम् सिमेन्ट्स कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।