back
CTIZAN AD

घट्यो व्यापार घाटा तर, बढेन निर्यात

वि.सं.२०८० जेठ ८ सोमवार

984 

shares

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा अन्तराष्ट्रिय व्यापार १४ खर्ब ६६ अर्ब २२ करोडको भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा तीन खर्ब ११ अर्ब बढीले व्यापार कम भएको हो ।

विभागको तथ्यांकअनुसार व्यापार कम हुँदा व्यापार घाटा पनि कम भएको छ । अघिल्लो वर्षको यही अवधिमा १४ खर्ब ३१ अर्ब बढीको व्यापार घाटा भएकोमा यस वर्ष १२ खर्ब ४ अर्बमा सीमित भएको छ । अघिल्लो वर्षको तुलनामा यो घाटा १५ दशमलब ८५ प्रतिशतले कम हो ।

व्यापार घाटा कम हुँदा निर्यात भने बढ्न सकेको छैन् । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा करिब १३ खर्ब ३५ अर्बको वस्तु तथा सेवाको आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा करिब दुई खर्ब ६९ अर्बले कम हो । गत वर्ष यस्तो आयात करिब १६ खर्ब ५ अर्ब रहेको थियो । गत वर्षभन्दा यो वर्षको आयात १६ दशमलब ७८ प्रतिशतले कम हो ।

तर, सँगै निर्यात पनि गत वर्षको भन्दा घटेको छ । चालु आर्थिक वर्षको १० महिनामा करिब १ खर्ब ३० अर्बको वस्तु तथा सेवाको निर्यात भएको छ । यो गत वर्षको सोही अवधिभन्दा करिब ४२ अर्बले कम हो । यस्तो निर्यात गत वर्ष करिब १ खर्ब ७३ अर्ब रुपैयाँ रहेको थियो । गत वर्षकोभन्दा यो वर्षको निर्यात २४ दशमलब ४९ प्रतिशतले घटेको देखिएको छ ।

यसरी हेर्दा आयातको घटेको दरभन्दा निर्यातको घटेको दर बढी देखिन्छ । यसको सोझो असर विदेशि बिनिमय सञ्चितिमा देखिने विज्ञहरुको भनाइ छ ।

अनुपात उस्तै
भन्सार विभागको तथ्याङ्कअनुसार आयात–निर्यात घटेको भएपनि अनुपात भने उस्तै रहेको पाइएको छ । गत वर्ष आयात निर्यात अनुपात ९ दशमलब २६ प्रतिशत रहेकोमा यो वर्ष त्यस्तो अनुपातमा बृद्धि भई १० दशमलब २० पुगेको छ ।

त्यस्तै, यो वर्ष कूल व्यापारमा निर्यातको हिस्सा ८ दशमलब ९३ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा कूल व्यापारमा निर्यातको हिस्सा ९ दशमलब ७५ प्रतिशत रहेको थियो ।

यो वर्षको १० महिनामा आयाततर्फ कूल व्यापारको हिस्सा ९१ दशमलब ०७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो हिस्सा ९० दशमलब २५ प्रतिशत रहेको थियो ।

यसरी हेर्दा, मौद्रिक मूल्यमा व्यापार घाटा केही घटेको देखिए पनि तुलनात्मकरुपमा व्यापारघाटा बढेको देखिएको छ ।

कुन देशबाट आयत कति ?

नेपालले आयत गर्ने वस्तु तथा सेवाको मुख्या हिस्सा भारत र चिन रहेका छन् । नेपालले भारत र चिनबाट मात्र करिब १० खर्ब २३ अर्ब ७४ करोड रुपैंयाँ बराबरको बस्तु तथा सेवाको आयत गरेको तथ्याङ्कले देखाएको छ । त्यस्तै ८३ हजार बर्ग किलोमिटर भएको खाडि मुलुक दुवईबाट मात्र नेपालले करिब २८ अर्ब ३३ करोड बराबरको बस्तु तथा सेवाको आयत गरेको छ । दुवई जस्तो पर्यटकीय देशबाट नेपालीहरुले के आयत गरे? चाखलाग्दो विषय बनेको छ ।

नेपालले बस्तु तथा सेवाको आयात गर्ने १० प्रमुख व्यापार साझेदार देश

भारत : ८ खर्ब ४४ अर्ब ५३ करोड
चीन : एक खर्ब ७९ अर्ब २१ करोड
इन्डोनेसिया : ३५ अर्ब ६४ करोड
संयुक्त अरब इमिरेट्स : २८ अर्ब ३३ करोड
अर्जेन्टिना : २१ अर्ब ५४ करोड
मलेसिया  : २० अर्ब ८१ करोड
अष्ट्रेलिया : १६ अर्ब ८५ करोड
संयुक्त राज्य अमेरिका : १६ अर्ब ३० करोड
युक्रेन : १६ अर्ब २ करोड
कतार : १२ अर्ब ५३ करोड

कुन देशतर्फ निर्यात कति ?

अर्को तर्फ नेपालले बस्तु तथा सेवाको निर्यात गर्ने मुख्य देश भारत रहेको छ । उत्तरी छिमेकी देश चिन भने नेपालले बस्तु तथा सेवा निर्यात गर्नेमा आठौं नंबरमा परेको छ । यो अवधिमा भारत तर्फ नेपालले ९१ अर्ब १४ करोड ७९ लाख रुपैंयाँ बराबरको बस्तु तथा सेवाको निर्यात गरेको छ भने संयुक्त राज्य अमेरीकामा नेपालले १० महिनामा १५ अर्ब ५८ करोड ६६ लाख रुपैंया बराबरको बस्तु तथा सेवाको निर्या गरेको छ । यसरी हेर्दा भारत पछि नेपाली समानहरुको आयत गर्ने प्रमुख व्यापार साझेदर मुलुक संयुक्त राज्य अमेरिका भएको छ ।

नेपालले बस्तु तथा सेवाको निर्यात गर्ने १० प्रमुख व्यापार साझेदार देश

भारत : ९१ अर्ब १४ करोड ७९ लाख
संयुक्त राज्य अमेरिका : १५ अर्ब ५८ करोड ६६ लाख
जर्मनी : तीन अर्ब ४१ करोड ५९ लाख
बेलायत :  दुइ अर्ब ६७ करोड तीन लाख
टर्की : एक अर्ब ६३ करोड ६ लाख
क्यानडा : एक अर्ब ५६ करोड २८ लाख
फ्रान्स : एक अर्ब ४८ करोड ४० लाख
चिन : एक अर्ब ३५ करोड २८ लाख
अष्ट्रेलीया : एक अर्ब २७ करोड ८३ लाख
जापान : एक अर्ब १४ करोड १ लाख

वि.सं.२०८० जेठ ८ सोमवार १५:०७ मा प्रकाशित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...