back
CTIZAN AD

नक्कली शरणार्थी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

वि.सं.२०८० जेठ ८ सोमवार

1K 

shares

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ। झण्डै दुई महिना लामो अनुसन्धानपछि सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।

प्रहरीले आफ्नो प्रतिवेदनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जना संलग्न रहेको निष्कर्ष निकालेको छ । संलग्नमध्ये केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई कीर्तेमा पनि मुद्दा चलाउन सिफारिस गरेको बुझिएको छ ।

साथै, प्रहरीले केहीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरेको बुझिएको छ ।

यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ भने बाँकी १६ जना फरार रुपमा रहेको प्रतिवेदनमा समावेश गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले हालसम्म भेटिएका प्रमाणको आधारमा अनुसन्धान प्रतिवेदन बुझाएपनि थप व्यक्तिहरुमाथिको अनुसन्धान जारी रहने बताएका छन् । प्रहरीले यस प्रकरणमा थप अन्यको पनि संलग्नता हुनसक्ने आशंका गरेको छ ।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन्, “अनुसन्धानको क्रममा वस्तुनिष्ठ कारण र तथ्य भेटिए फेरि पनि मुद्दा अघि बढ्छ, हामीले अनुसन्धानको काम अझै जारी राख्छौं ।”

वि.सं.२०८० जेठ ८ सोमवार १४:५१ मा प्रकाशित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...