back
CTIZAN AD

शालीन मानिने शंकर सामाजिक सञ्जालमा किन बन्दैछन् अभद्र ?

वि.सं.२०८० जेठ ८ सोमवार

975 

shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल सार्वजनिक कार्यक्रममा बोल्दा निकै शालिन खालका देखिन्थ्ये । उनका अभिव्यक्ति अरुलाई चिढ्याउने भन्दा मिलाउने कोणबाट आएका हुन्थे । वाककलामा निपूर्ण देखिने पोखरेलका पछिल्ला सार्वजनिक अभिव्यक्तिहरु भने निकै अभद्र र अराजक खालका देखिएका छन् ।

पोखरेलले सत्ता गठबन्धन, गठबन्धनका नेता र नयाँ पार्टीहरु विरुद्धसमेत आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।

केहि दिन अघि पोखरेलले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध निकै आक्रामक अभिव्यक्ति दिए । नक्कली शरणार्थी प्रकरण चुलिएका बेला पोखरेलले लडाकु शिविर प्रकरणबारे कुरा खोले र प्रचण्डमाथि आक्रामक टिप्पणी गरे । उनले प्रचण्डको नेतृत्वमा “खुलेआम लुट र डकैती” भएको समेत भन्न भ्याए ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “प्रचण्डजीहरु अझै पनि ठुलो स्वरमा हुंकार दिइनै रहेका छन् लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन, हो नि लुकेर गरेको भए पो भ्रस्टाचार र अनियमितता हुन्थ्यो, त्यो राज्यमाथिको खुलेआम लुट थियो, डकैती थियो, अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रस्टाचार भन्न मिल्छ र ?”

प्रचण्डविरुद्ध आक्रामक अभिव्यक्तिपछि पोखरेलले राष्ट्रपतिको सम्बोधनबारे टिप्पणी गरे । उनले राष्ट्रपतिको सामान्य सवारीबारे भइरहेको टिप्पणीमा घुमाउरो ढंगले व्यंग्य गरे । पोखरेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अर्थहिन् रहेको टिप्पणीसमेत गरेका छन् ।

रास्वपालाई एमाले निकट भएको भनि टिप्पणीहरु हुने गर्दछन् । पछिल्लो समय एमालेसँगै रास्वपा पनि प्रतिपक्षको बेन्चमा छ । तर, यस्तोमा रास्वपाकै विरुद्धमा पाखरेलले आक्रामक टिप्पणी दिएका छन् । उनले सत्तापक्षको ‘पिछलग्गु’ बनेको भन्ने टिप्पणी लामिछानेविरुद्ध गरेका छन् ।

“विपक्षी दलका नेताले तथ्यगतरुपमा आफुलाई प्रस्तुत गर्दा पनि गफठान्ने जमातले नबोलिकन राष्ट्रलाई डुवाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रकृयाको दुहाई दिने प्रचण्डको पैरवीगर्नु कुनै अनौठो कुरा होइन”, रवि लामिछानेलक्षित पोखरेलको टिप्पणी छ, “तर अर्कोतिर पुरानो होइन नयाँ भनेर नीति विहिन, उद्देश्यविहिन पपुलिस्ट पोलिटिक्स गर्नेहरुले ठिक र वेठिक छु्ट्याउने द्वन्द्वात्मक चेतनावाट समाजलाई विमुख वनाइरहेका छन् ।”

वि.सं.२०८० जेठ ८ सोमवार १३:२७ मा प्रकाशित