back
CTIZAN AD

नक्कली भुटानी शरणार्थी प्रकरण : जनसम्पर्क समिति बहराइनको खबरदारी

वि.सं.२०८० जेठ ८ सोमवार

1.3K 

shares

काठमाडौं । नेपाली जनसम्पर्क समिति बहराइनले नक्कली भु्टानी शरणार्थी प्रकरणका आरोपिहरुलाई कुनैपनि राजनीतिक दल वा शक्तिको आडमा बचाउने प्रयास नगरियोस् भन्दै खबरदारी गरेको छ ।

समितिले अन्तराष्ट्रिय जगतमा मुलुकको मान प्रतिष्ठा र इज्जतमा नै कालो धब्बा लाग्ने गरी गरिएका यस्ता जघन्य अपराध (मानब बेचबिखन, ठगी र सरकारी कागजातको अपचलन) सम्बन्धी अनुसन्धानलाई प्रभाव पार्ने गरी सत्ता र शक्तिका आडमा दोषिलाई बचाउने कोशिष नर्गन खबरदारी गरेको हो ।

समितिका अध्यक्ष पदम सुन्दर गुरुङद्वारा जारी विज्ञप्तिमा छानबिनका लागि आवस्यक परेमा अन्तराष्ट्रिय अनुसन्धान विज्ञ टोली झिकाएर प्रकरणलाई टुंगोमा पुर्याउन समेत अनुरोध गरिएको छ ।

यसै प्रकरणमा संलग्नता रहेको भनि विभिन्न व्यक्तिको नाम आइरहेको सम्बन्धमा पनि समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

‘बिना ठोस प्रमाण फरक राजनीतिक आस्थाको आधारमा बदनियतपूर्ण ढंगले विभिन्न व्यक्तिहरुको नाम सामाजिक संजाल, अनलाइन मिडिया, युट्युव लगायत केही राष्ट्रिय मिडियाहरु समेत संवेदनशीलताको ख्याल नगरि समाचारहरु प्रेशित गरी जनमानसमा भ्रम पैदा गर्ने र व्यक्तिको नैतिक पतन गराउने कुचेष्टा भएको हुँदा त्यस्ता सामाजिक संजाल प्रयोगकर्ता र अनलाइन मिडिया तथा युट्युवरलाई समाचारको श्रोत मागि कानुनी दायरामा ल्याउन पनि नेपाल सरकारसँग अनुरोध गर्दछ ।’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०८० जेठ ८ सोमवार १३:२६ मा प्रकाशित

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...