काठमाडौं । केन्द्रका सत्ता साझेदार दलहरु नै मिलेर बनेको मधेश सरकारबाट माओवादी केन्द्र बाहिरिने निर्णयमा पुगेको छ । यसअघिको सहमति विपरित मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेपछि माओवादी बाहिरिने निर्णयमा पुगेको हो ।
मंगलबार मुख्यमन्त्री यादवले कांग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्रकुमार सिंह र एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।
एक साताअघि काठमाडौंमा भएको बैठकमा सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँट गर्न सहमति भएको थियो । दलहरुबीच मुख्यमन्त्री आलोपालो गर्ने पनि सहमति बनेको थियो ।
तर, यसअघिको सहमति विपरित मुख्यमन्त्री यादवले कांग्रेस र एकीकृत समाजवादीलाई मात्रै समेटेर मन्त्रिपरिषद् विस्तार गरेपछि माओवादी बाहिरिने निर्णयमा पुगेको हो । माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता भरत कुमार साहले सरकार छाड्ने निर्णय गरेको बताए ।
माओवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पनि रहने बाहिरिने विषयमा छलफलमा छन् ।
वि.सं.२०८० जेठ ९ मंगलवार १४:३७ मा प्रकाशित






























