back
CTIZAN AD

समानान्तर गतिबिधिप्रति पेसागत महासङ्घ नेपालका पूर्ब अध्यक्षहरुको गम्भीर ध्यानाकर्षण

वि.सं.२०८० जेठ ९ मंगलवार

903 

shares

काठमाडौं । पेसागत महासङ्घ नेपालको लैनचौरमा रहेको कार्यालय भवन अगाडि महासङ्घका विरुद्ध गरिएका गतिबिधिप्रति महासंघका पूर्व अध्यक्षहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

महासङ्घको छाप, लेटरप्याड, लोगो दुरुपयोग गरी अनधिकृत गतिविधि गरिरहेका केही ब्यक्तिहरुले मिति बैशाख २६ गते नाराबाजी गरी कार्यालयमा आक्रमण गर्ने प्रयास गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

पेशागत ऐक्यबद्धता मन्च नेपालका संयोजक सीताराम नेपाल तथा पूर्वअध्यक्षहरु प्रा. हर्षनारायण धौभडेल, पूर्व अध्यक्ष — (हाल बिदेश) सुशील चन्द्र अमात्य, प्रमोद शर्मा र विश्वनाथ प्याकुरेलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ,‘यसरी पेसागत महासङ्घ नेपाल बैधानिक हिसाबले संचालन हुदै आएको अविच्छिन्न संस्था विरुद्ध समानान्तर गतिविधि संचालन हुनु, महासङ्घको नाम, झन्डा, लोगो र लेटर प्याड अनधिकृत तवरबाट प्रयोग गरी दुरुपयोग गर्नु तथा महासङ्घकै नामबाट आर्थिक कारोबार गर्नु निश्चय पनि दुःखद विषय र गैह्रकानुनी कार्य हो । हिजो महासङ्घ तथा राष्ट्रिय घटकमा नेतृत्वमा रहेका अझ राष्ट्रिय अन्तर्राष्ट्रिय नेतृत्व गरिरहेका व्यक्तिहरुको अगुवाइमा जुलुस र हुल इज्जत गरी महासङ्घको प्राङ्गण अगाडी आइ नाराबाजी गर्नु गराउनु कदापि शोभनीय बिषय हुँदै होइन । यस्ता गतिविधिले अराजकता उत्पन्न गर्ने बाहेक अरु केही पनि हुदैन ।’

यस्तो छ विज्ञप्तिको पूर्णपाठ
मुलुकमा क्रियाशील राष्ट्रिय स्तरका पेसागत संगठनहरु बीचमा आपसी समन्वय गर्दै पेसाकर्मीहरुको शक्तिलाई संगठित र एकीकृत गर्दै राष्ट्रिय शक्ति निर्माण गरेर मुलुकको आर्थिक–सामाजिक विकासमा संगठित तवरबाट योगदान पु¥याउने तथा पेसाकर्मीहरुको हक हितको लागि सामूहिक ढङ्गबाट भूमिका निर्बाह गर्ने उद्धेश्यका साथ २०५२ सालमा पेसागत ऐक्यबद्धता मञ्च नेपाल स्थापना गरी पेसागत महासङ्घ नेपालको नाममा रुपान्तरण भएको हो ।

लोकतन्त्र, मानवअधिकार र ट्रेड युनियन अधिकार हनन भएकोबखत २०६२।०६३ को निरङकुश राजतन्त्र विरुद्धको जनआन्दोलनमा महासङ्घको आह्वानमा देश भरका पेसाकर्मीहरु सडकमा ओर्लिएर योगदान पु¥याएको परिणामस्वरूप आन्दोलन सफल भयो र गणतन्त्र घोषणा भयो । निजामती तथा पेसागत क्षेत्रमा ट्रेड युनियन अधिकार आवश्यक छैन भन्ने भ्रमलाई चिर्दै यस क्षेत्रमा ट्रेड युनियन अधिकारको सुनिश्चितताका लागि महासङ्घले उठाउदै आएको मुद्वालाई पुनस्थापित प्रतिनिधि सभाबाट २०६३ बैशाख २८ गते उपसचिव स्तर सम्मका कर्मचारीले ट्रेड युनियन अधिकार पाउने प्रस्ताव पारित गराउन सफलता प्राप्त भयो । परिणामस्वरूप निजामती लगायत पेसागत क्षेत्रमा ट्रेड युनियन अधिकार प्राप्त भएपछि पेसागत संगठनहरु ट्रेड युनियनको रुपमा दर्ता भए र पेसागत महासङ्घ नेपाल पनि ट्रेड युनियन महासङ्घको रुपमा श्रम बिभागबाट मिति २०६५।४।१२ मा दर्ता नं ९।२०६५।०६६ बाट बिधिबत दर्ता भइ नियमित रुपमा नविकृत हुदै आएको छ ।
महासङ्घले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा सम्बन्ध कायम गर्ने क्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)  स्थापना गरी नेतृत्व गर्न र विश्व ट्रेड युनियन महासङ्घ (WFTU) मा आबद्ध भई सन् २०११ देखि नेतृत्वमा रहेर भुमिका निर्बाह गर्दै आएको छ । पेसागत महासङ्घ नेपालले मुलुकमा भ्रष्टाचार न्यूनिकरण गरी सुशासन कायम गर्न, सार्वजनिक संस्थानहरुको निजीकरण नीति अन्त्य गरी सुदृढीकरण गर्न, महंगी नियन्त्रण गर्न, राष्ट्रियताको संरक्षण र सम्बद्र्धन गर्न, साम्प्रदायिक सद्भाव कायम गर्न र समय सापेक्ष राष्ट्रसेवक कर्मचारीहरुको तलब सुविधा बृद्वि गर्न सरकार समक्ष माग राखि आन्दोलन संचालन गर्नुका साथै भूकम्प लगायतका विपदका घटनाका बखत उद्धार अभियान संचालन गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेको र उपलब्धि पनि हासिल गरेको गर्बिलो इतिहास छ । यसका साथै कतिपय व्यक्तिको असहयोगका बाबजुद महासङ्घ आबद्ध राष्ट्रिय घटकहरु र जिल्ला समितिका पेशाकर्मी मित्रहरूले अमूल्य सहयोग जुटाएर संकलन गरेको रकमबाट नै २०७२।१।२ गते लैनचौर स्थित ६ आना जग्गामा बनेको घर खरिद गरी आफ्नै भवनमा नियमित केन्द्रीय कार्यालय संचालन हँुदै आएको छ ।

पेसागत महासङ्घ नेपाल पेसाकर्मीहरुको साझा समन्वयकारी संगठन भएको कारण यस महासङ्घमा वैचारिक एवं साझा चरित्रका पेसागत संगठनहरु आबद्ध रहेका छन । महासङ्घले नीति र विधानमा कुनै अमुक राजनीतिक पार्टीको जनसंगठन हुने बिषयलाई अस्वीकार गर्दै साझा र स्वतन्त्र रहने मान्यतालाई अङ्गीकार गर्दै आएको छ । विभिन्न समयमा राजनीतिक पार्टीहरुको बिभाजन र विखण्डन हुदा पनि विगतमा पेसागत महासङ्घ तथा आबद्ध राष्ट्रिय घटकहरु र प्रतिष्ठान स्तरका ट्रेड युनियनहरु समेत विभाजित नभइ पेसागत सहधर्मीताका आधारमा एकता कायम गर्दै सिंगो पेसागत क्षेत्रमा पेसागत महासङ्घ नेपालको नेतृत्वमा पेसागत संगठनहरु एकताबद्ध भएका थिए । यसले पेसागत क्षेत्रमा शक्ति सुदृढ भएको थियोे । यसै भएर यतिखेर सबै क्षेत्रबाट ट्रेड युनियन अधिकार प्रति आक्रमण भइरहेको स्थितिमा अझ बढी एकजुट भई अगाडी बढ्नुपर्ने अबस्था रहेको छ ।

पेसागत महासङ्घ नेपाल अबिच्छिन्न उत्तराधिकार र वैधानिक संस्था हो । महासङ्घलाई निरन्तरताका साथ अगाडि बढाउने भनेकै आबद्ध घटक र कमिटी भित्रका निर्बाचित पदाधिकारी तथा सदस्यहरुहरुले नै हो । यसर्थ छैठौं राष्ट्रिय महाधिवेशनबाट निर्बाचित राष्ट्रिय कमिटीका अत्यधिक बहुमतमा रहेका पदाधिकारी तथा सदस्यहरुले २०७८ असोज ४ गते सातौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरी २०७९ फाल्गुन २९ र ३० गते सातौ राष्ट्रिय महाधिवेशन सम्पन्न भइ नयाँ निर्बाचित नेतृत्वले भूमिका निर्वाह गर्दै आएको छ ।

यसरी पेसागत महासङ्घ नेपाल बैधानिक हिसाबले संचालन हुदै आएको अविच्छिन्न संस्था विरुद्ध समानान्तर गतिविधि संचालन हुनु, महासङ्घको नाम, झन्डा, लोगो र लेटर प्याड अनधिकृत तवरबाट प्रयोग गरी दुरुपयोग गर्नु तथा महासङ्घकै नामबाट आर्थिक कारोबार गर्नु निश्चय पनि दुःखद विषय र गैह्रकानुनी कार्य हो । हिजो महासङ्घ तथा राष्ट्रिय घटकमा नेतृत्वमा रहेका अझ राष्ट्रिय अन्तर्राष्ट्रिय नेतृत्व गरिरहेका व्यक्तिहरुको अगुवाइमा जुलुस र हुल इज्जत गरी महासङ्घको प्राङ्गण अगाडी आइ नाराबाजी गर्नु गराउनु कदापि शोभनीय बिषय हुँदै होइन । यस्ता गतिविधिले अराजकता उत्पन्न गर्ने बाहेक अरु केही पनि हुदैन ।

अन्त्यमा, सम्पूर्ण पेसाकर्मी मित्रहरूमा हामी अपील गर्दछौं कि पेसागत संगठनलाई अमुक राजनीतिक पार्टीको जनसंगठन बनाएर पेसागत आन्दोलनमा विभाजित गराउने र वैधानिक संगठनका विरुद्ध उही नामबाट समानान्तर गतिविधि गर्ने लगायतका सबै खालका गतिविधि बन्द गरी सम्पूर्ण पेसाकर्मीहरु बीच आपसी एकताको भाव श्रृजना गर्न र वौद्धिक क्षेत्रका पेसाकर्मीहरुको नेतृत्व गर्ने सबैले तदनुरुपनै अनुशासित, मर्यादित एवं जिम्मेवार भूमिका निर्वाह गर्न गराउन हार्दिक अपील गर्दछौं । साथै बैधानिक हिसावले सञ्चालन हुँदै आएको पेसागत महासङ्घ नेपालको विरुद्ध भएका समानान्तर गतिविधि नगर्न नगराउन नेपाल सरकारको गम्भीर रुपमा ध्यानाकर्षण गराउँदछौँ ।

वि.सं.२०८० जेठ ९ मंगलवार १५:१८ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...