back
CTIZAN AD

सेयर बजारमा उत्साह

वि.सं.२०८० जेठ ९ मंगलवार

978 

shares

काठमाडाैं । सेयर बजारमा उत्साह देखिएकाे छ । निरन्तरकाे बृद्धिका बीच मंगलबार एकैपटक ५१ दशमलब ३१ अंक बजार बढ्दै नेप्से १९४२.६३ काे बिन्दुमा पुगेकाे छ ।

मंगलबार ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलब ८५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलब ७४ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले आज बजारमा हरियाली छाएको हो ।

कूल ६० लाख ६७ हजार चार सय ३२ कित्ता शेयर रु दुई अर्ब २० करोड २३ हजार नौ सय ४५ मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड पाँच लाख १५ हजार चार सय ३९ मूल्य बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु आठ करोड ९९ लाख २७ हजार नौ सय ४५, एनआइसी एशिया बैंक रु सात करोड २३ लाख ६१ हजार दुई सय १३, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रु सात करोड १९ लाख ९७ हजार दुई सय ३३ र हिमालयन डिस्टिलरी रु छ करोड ७९ लाख छ हजार तीन सय ७५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले आठ दशमलब ३७ प्रतिशतले कमाएका छन् । सनराइज फस्ट म्युचुअल फण्ड दुई, ग्लोबल आइएमई बैंकको ऋणपत्र एक दशमलब ९८, लक्ष्मी उन्नती कोष एक दशमलब ६५, लक्ष्मी बैंकको ऋणपत्र एक दशमलब ६५ र आर्दश लघुवित्तका लगानीकर्ताले एक दशमलब २३ प्रतिशतले गुमाएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ३४ अर्ब बराबर पुगेको छ ।

वि.सं.२०८० जेठ ९ मंगलवार १६:१३ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...