back
CTIZAN AD

कोशेलीका रुपमा विभिन्न देशमा पुग्न थाल्यो म्याग्दीको ढकायो

वि.सं.२०८० जेठ ९ मंगलवार

2.4K 

shares

म्याग्दी । म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने ढकायो साग कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले ढकायोलाई कोसेलीका रुपमा लैजाने गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका–३ काभ्रेकी सुकमाया बुढाथोकीले बेलायत, हङकङ, जापानलगायत देशमा ढकायो पठाउने गरेको बताए । “विदेशमा रहेका आफन्तलाई कोसेली पठाउन दुई जनालाई एक दिनको ज्याला दिएर जङ्गलबाट ढकायो टिप्न लगाई सुकाएर राखेको छु”, उनले भने । “घुम्न आउने पर्यटकहरुले पनि किनेर लैजान्छन् ।”

मुस्ताङ जाने र फर्कने स्वदेशी पाहुनाहरुले पनि ढकायोको साग किनेर कोसेली लैजाने गरेका र विदेशमा भएका आफन्तले माग गरेपछि हरियो ढकायो टिपेर सुकाई गुन्द्रुक बनाइएको बुढाथोकीले बताए । उनले करिब एक सय किलोग्राम ढकायोको गुन्द्रुक बनाएर राखेका छन् ।

विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेष्टुराका मेन्युमा ढकायोको गुन्द्रुक परिकारका रुपमा पाइन्छ । स्वादिलो, तागतिलो, पोषिलो र स्वस्थकर हुने भएकाले विदेश तथा देशका विभिन्न बजार क्षेत्रमा ढकायोको गुन्द्रुकको माग बढेको हो । बेनीको कोसेली घरकी सञ्चालक पुष्पा पुनले म्याग्दी घुम्न आउने पाहुनाहरुले ढकायोकै गुन्द्रुक किनेर लैजाने गरेको बताए ।

जेठ महिना ढकायोको साग सङ्कलन गर्ने याम हो । म्याग्दीको दाना, नारच्याङ, शिख, घार, हिस्तान, राम्चे, कुइनेमङ्गलेका बासिन्दा ढकायो सङ्कलन गर्न जङ्गल जान थालेका छन् । दुई हजार पाँच सयदेखि तीन हजार मिटर उचाइमा ढकायोको साग पाइन्छ ।

बिहानै उठी जङ्गल गएर साँझ बोरामा एक भारी ढकायो लिएर आउन सकिने अन्नपूर्ण–३ काभ्रेका रामु बुढाथोकीले बताए । हरियो र ताजा ढकायो सागलाई कुटेर तीन दिनसम्म चर्को घाममा सुकाइन्छ र यसलाई प्लास्टिक तथा बट्टामा प्याकिङ गरेर राखेपछि एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

आलुलगायत अन्य प्रजातिका तरकारीमा मिसाएर उपभोग गर्न सकिने ढकायो सुकाउने क्रममा पानीबाट बचाउन ध्यान दिनुपर्ने दाना काभ्रेका बमबहादुर राम्जालीले बताए । बजारमा माग आएपछि खेर गइरहेको ढकायोको साग आम्दानीको स्रोत बनेको छ । ढकायो सङ्कलन गरेर एकै दिनमा दुईदेखि तीन हजारसम्म आम्दानी गर्न सकिने उनको भनाइ थियोे ।

वि.सं.२०८० जेठ ९ मंगलवार १६:५४ मा प्रकाशित

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...