back
CTIZAN AD

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सीईओले लिए शपथ

वि.सं.२०८० जेठ १० बुधवार

849 

shares

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले शपथ लिएका छन् ।

नवनियुक्त सीईओ श्रेष्ठले मंगलबार कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ लिएका हुन् । साविकको आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज पछि बनेको सञ्चालक समितिको बैठकले नयाँ कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने सिफारिस गरेको थियो ।

जुन सिफारिसलाई नेपाल बीमा प्राधिकरण जेठ ५ गते स्वीकृति दियो । त्यसपछि जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकमा उनले नयाँ नयाँ कम्पनीको सीईओको रुपमा शपथ लिए । नवनियुक्त सीईओ श्रेष्ठ करिब तीन दशकदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । श्रेष्ठको नेतृत्वमा साविकको आईएमई जनरल इन्स्योरेन्सले प्रिमियम लगायत विभिन्न शीर्षकमा फड्को मारेको थियो ।

श्रेष्ठ साविकको आईएमई जनरल इन्स्योरेन्सका सीईओ समेत हुन् । तत्कालिन एनबी इन्स्योरेन्स समस्याग्रस्त हुँदा आइएमई समूहले उक्त इन्स्योरेन्सको शेयर किनेको थियो । त्यतिबेला श्रेष्ठ कम्पनीको कायम मुकायम सीईओको रुपमा इन्स्योरेन्समा आवद्ध भएका थिए ।

वि.सं.२०८० जेठ १० बुधवार ०८:४४ मा प्रकाशित

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...