back
CTIZAN AD

चाँगुनारायण नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

वि.सं.२०८० जेठ १० बुधवार

810 

shares

भक्तपुर । चाँगुनारायण नगर अस्पताल र मध्यपुर थिमी नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेको कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा विशेषज्ञसहितको सेवा विस्तारमा सहकार्य हुने भएको छ । दुवै अस्पतालका बिचमा एक कार्यक्रमबिच विशेषज्ञ सहितको सेवा विस्तारमा सहकार्य पुर्‍याउनको लागि सहमति पत्रमा हस्ताक्षर गरी गरिएको छ ।

चाँगुनारायण नगर अस्पतालको प्राङ्गणमा आयोजित बृहत् विशेषज्ञ स्वास्थ्य शिविर उद्घाटन समारोहमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरे ।

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख एवं कोरियामैत्री नगरपालिका अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले चाँगुनारायण नगरपालिकासँग स्वास्थ्य सेवाको क्षेत्रमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले स्थानीय निकायहरू बिच सहकार्य गरी सेवा तथा प्रविधि आदानप्रदान गर्न सकेमा नगर बासीहरू लाभान्वित हुने बताउनुभयो । फोहोर मैला व्यवस्थापनमा पनि मध्यपुर थिमी नगरपालिकाले चाँगुनारायण नगरपालिकासँग सहकार्य गरी कार्यक्रमहरू सञ्चालन गर्न तत्पर रहेको बताए ।

कार्यक्रमका अध्यक्ष चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले स्वास्थ्य बिमा , निःशुल्क उपचार, आधारभूत स्वास्थ्य, जनताको अधिकार नाराका साथ आफ्नै स्वास्थ्य नीति तयार गरी नगरबासीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि आफ्ना मातहतका ८ वटै स्वास्थ्य चौकी र चाँगुनारायण नगर अस्पतालबाट नियमित रूपमा स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको बताए ।

उनले स्वास्थ्य सेवामा सबै नगरवासीको पहुँच होस् र गुणस्तरीय स्वास्थ्य सेवा नगर अस्पतालबाटै उपलब्ध गराउन अस्पतालको स्तारोन्नती गर्ने तर्फ नगरपालिका लागि परेको छ । उनले अक्सिजन प्लान्ट नगर अस्पतालमै निर्माण गरिएकोले अक्सिजन आवश्यक बिरामीहरूलाई निःशुल्क उपलब्ध गराइने बताए । स्वास्थ्य सम्बन्धी हक मौलिक हक अन्तर्गत पर्ने भएकोले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक भएकोले प्रभावकारी रूपमा स्वास्थ्य सेवा आम जनतामा उपलब्ध गराउनको लागि सरकारी तथा गैह्र सरकारी निकाय र स्थानीय तहबिच समन्वय र सहकार्य गरी कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिन कुरामा नगर प्रमुख खत्रीले जाेड दिए ।

अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष एवं दैनिक कार्यसंचालन समितिका संयोजक मनोजकुमार थापाले सहभागी सबैलाई स्वागत गरेका थिए । उनले २०३९ सालमा स्वास्थ्य चौकी, २०५८ मा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै २०७७ मङ्सिर २८ गतेबाट चाँगुनारायण अस्पतालको रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । दैनिक ओ.पी.डी सेवा दिँदै आएको नगर अस्पतालले अब देखि साप्ताहिक रूपमा हाड जोर्नी विशेषज्ञ, बाल रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञलगायतको सेवा प्रदान गरिने कुरा अस्पतालका मेडिकल अधिकृत शैलेस तवानाबासुले बताए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व माननीय कृष्णलाल भँडेल, संसद् सचिवालयका सचिव सुदर्शन खड्का, प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी, कोरियामैत्री नगर अस्पतालका मे.अ डा. डी.के रोशन, वडा नं ४ र ५ का वडाध्यक्ष रोज बहादुर तामाङ र जयन्द्र खड्का, स्वास्थ्य शाखाका प्रमुख सत्यकुमार दुवाल, पूर्व वडाध्यक्ष बुद्धिलाल महर्जन, समाजसेवीहरू रोशन कुमार पौडेल, रामभक्त खत्री, यवती कार्की, जमुना थापा लगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो । कार्यक्रम स्वास्थ्य शाखाका अधिकृत अनिल ढुङ्गेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

वि.सं.२०८० जेठ १० बुधवार ११:४६ मा प्रकाशित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...