काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेका छन् ।
बुधबार शितलनिवासमा आयोजित एक कार्यक्रमका बीच वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले राष्ट्रपति पौडेल र राज्यमन्त्री प्रमिला कुमारी यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ बाट गोपनियताको सपथ लिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिँदै जनता समाजवादी पार्टी (जसपा) का महतोलाई मन्त्री र यादवलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।
योसँगै प्रचण्ड नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
मंगलबार नियुक्त भएका दुई मन्त्रीसँगै २५ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसबाट एक उपप्रधानसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्रीसहित नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीबाट एक–एक मन्त्री रहेका छन् ।
वि.सं.२०८० जेठ १० बुधवार ११:४७ मा प्रकाशित






























