काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी रामिछानेले ठूला नेताहरुलाई सुझाव दिँदै चिया खानका लागि संसदमा नआउन र त्यस्ता गफ गर्न घरमै जान भनेका छन् ।
बुधबारको प्रतिनिधि सभाको बैठकमा संसदमा सम्बोधन गर्दै लामिछानेले संसदलाई एकअर्काप्रति छेडखानी गर्ने थलो नबनाउन भन्दै ३० वर्षमा आफुले के विकास गरे भनेर कुनै अस्पताल तथा विद्यालयमा गएर बुझ्न सुझाव दिए ।
‘पूर्वप्रधानमन्त्रीहरु, लामो समय राजनीति गरिरहेका आदरणीय नेताज्यूहरुले यहाँ संसदको रोष्टममा आएर एकअर्कालाई छेडखानी गर्दै मेरो कार्यकालमा यसो गरेर उसो गरे भनेका कथाहरु सुन्यौं,’ उनले भने, ‘तपाईहरुले यो ३० वर्ष के गर्नु भयो र कसो गर्नु भयो भनेर बुझ्नका लागि एकपटक कान्ति बाल तथा कुनै सरकारी अस्पताल जानुहोला । गरिव विपन्न पढेका विद्यालयमा जानुहोला । यो ३० वर्षमा के भयो दृष्टान्त प्रस्तुत गर्नुहोला ।‘
उनले यो छेडखानी गर्न महत्वपूर्ण संसदमा आउनु नपर्ने बताउँदै भने–‘यसका लागि एकअर्काका घरमा गएर चिया खाएर कुराकानी गर्नुस् । नेपाली जनताले आसा गरेको यो महत्वपूर्ण रुपमा हेरिएको संसदलाई दुरुपयोग नगरिदिनस् । चिया खाने ठाउँको अभाव छ भने हामी नयाँ नेताहरुको घरमा आउनुस् । अब चिया खाने थलो परिवर्तन गर्नुहोस् ।’
वि.सं.२०८० जेठ १० बुधवार १३:२६ मा प्रकाशित






























