काठमाडौं । सिटिजन्स बैंक र के.एफ.डब्लू डेभलपमेण्ट बैंक, जर्मनीबीच ३५ लाख यूरो पुर्नकर्जा लगानी सम्बन्धी सम्झौता भएको छ ।
विगत १७ वर्ष देखि सरल सहज र दीगो बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि जर्मनस्थित, के.एफ.डब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंक बीच ग्रामिण क्षेत्रको आर्थिक बिकासका लागि ३५ लाख यूरो पुनरकर्जा र यूरो ५ लाख बराबरको प्रावधिक सहयोग प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
स्थापनाकाल देखिनै आफ्नो लगानीको प्रथामिकता लघु, घरेलु तथा साना उद्यम व्यवसाय कर्जामा गर्दै आएकोे यस बैंकलाई के.एफ.डब्लू डेभलपमेण्ट बैंकले उक्त आयोजनाको समझदारीका लागि नेपालमा सँञ्चालित बैंक तथा वित्तीय सस्ंथा मध्येबाट चयन गरेको हो ।
नेपालसंग जर्मन वित्तीय सहयोग परियोजना अन्र्तगत के.एफ.डब्लू डेभलपमेण्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंक संगको समझदारीमा नेपालमा सँञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि पुनरकर्जा प्रदान गर्दै आइरहेको छ ।
हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्र दीगो रुपान्तरण गर्नका लागि लघु, घरेलु तथा सानाउद्यम क्षेत्रको विकाश हुनुपर्छ भन्ने मूलमन्त्रलाई स्थापनाकालदेखि नै स्वीकार गर्दै आएको बैंकले उक्तशिर्षक अन्तर्गत हालसम्म २१,५२६ व्यवसायलाई रु. २५ अर्ब बराबरको कर्जा प्रदान गरेको हो ।
यसमध्ये २ हजार ८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा रु २ अर्ब बराबरको कर्जा प्रदान गरेको छ ।
यस कर्जाको सहयोगले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तिकरणमा टेवा पू¥याएको जनाएको छ । यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्नवर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हाल सम्म ५४९२ मध्यम तथा विपन्नवर्ग परिवारलाई व्यवसाय गर्न रु ७६ करोड कर्जा प्रवाह गरिसकेको छ ।
ग्रामीणस्तरमा रहेका विपन्नवर्गलाई समूहमा आबद्ध गरि कर्जा प्रदानगर्दा ग्रामीण जनताहरु बढी व्यावसायिकभई लाभान्वित हुदै जाने छन् भन्ने विश्वासका साथ बैंकले यस परियोजना अन्तर्गत कृषि, उद्योग, सेवा, ब्यापार तथा अन्य व्यावसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, बिस्तार र क्षमता एवम् उत्पादकत्व बृद्धिका लागि आवश्यक वित्तीय साधन तथा प्राविधिक सहयोग प्रदान गरी देशको औद्योगिक, ब्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पु¥याउने विश्वास लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको जनाएको छ ।
वि.सं.२०८० जेठ १० बुधवार १६:५० मा प्रकाशित






























