back
CTIZAN AD

रवि लामिछानेविरुद्धको रिट दर्ता, फेरि त हुँदैन नागरिकता बदर ?

वि.सं.२०८० जेठ १० बुधवार

906 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेकाे छ । सिन्धुलीका युवराज पौडेलले लामिछानेले प्राप्त गरेको नागरिकताको प्रतिलिपि वैध नभएको भन्दै दायर गरेकाे रिट बुधबार सर्वोच्चले दर्ता गरेको हो ।

लामिछानेविरूद्धको रिट गत वैशाख २५ मा अदालतमा पेस गरिएको थियो । तर, सर्वोच्चका रजिष्ट्रारले उक्त निवेदनलाई दरपीठ गरिदिएका थिए ।

वैशाख २८ मा भएको दरपीठविरुद्ध पौडेलले जेठ २ मा इजलासमा नै निवेदन पेस गरेका थिए । उक्त दरपीठको आदेशलाई सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले बदर गरी रिट दर्ता गर्न आदेश दिएका थिए । सर्वोच्च अदालतले मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका लागि सुनुवाइको मिति तोकेको छ ।

रिटमा लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको दाबी गरिएको छ । निस्सा नबुझाइ नागरिकता प्राप्त गरेको हुँदा नागरिकता बदर गर्न माग गरिएको छ । साथै, नागरिकताको प्रतिलिपि वैध नभएको कारण लामिछानेको प्रतिनिधिसभा सदस्यको पद खारेज गर्न माग गरिएको छ ।

‘विपक्षी रवि लामिछानेले सर्वोच्च अदालतको मिति २०७९/१०/१३ गतेको आदेशले कायम नरहेको भनि घोषित नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएका हुँदा कायम नभएको नागरिकताको प्रतिलिपि वैध हुन् र नेपाली नागरिकता कायम हुन् वा पुनः प्राप्त भएको मान्न सकिँदैन, नेपालको संविधानको धारा ८७(१) (क) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१(ख) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) को अवस्था विधमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णय लगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाउँ’, रिट निवेदनमा भनिएकाे छ, ‘लामिछानेले अमेरिकी नागरिकता त्याग गरी सकेको भन्ने प्रमाणित हुने निस्सा पेस गर्न लगाउने आदेश भएकोमा सो रिट निवेदनको लिखित जवाफ पेस गर्दा निज रवि लामिछाने, जिल्ला प्रशाशन कार्यालय काठमाडौ एंव अध्यागमन विभागका तर्फ बाट समेत प्रमाणित निस्सा संलग्न गरी सर्वोच्च अदालत समक्ष पेश गर्न नसकिएको मात्रै होइन कि प्रमाण खण्डमा उक्त निस्साको उल्लेख समेत गर्न नसकेको हुँदा निज रवि लामिछानेले अमेरिकि नागरिकता त्याग गरेको निस्सा पेश गर्न नसकेको र निस्सा पेश गर्न नसकेको कारणले नेपाल नागरिकता नियमावली २०६३ को नियम ११ बमोजिम पुनः नेपाली नागरिकता प्राप्त गर्न नसकेको प्रस्ट भएको छ,’ रिट निवेदकको दाबी छ, ‘तसर्थ, सर्वोच्च अदालतको मिति २०७९ माघ १३ को आदेशसमेतका आधारमा उक्त नियम ११ बमोजिमको प्रक्रिया पूरा नभएको प्रस्ट भएकोले उक्त नियम ११ बमोजिमको प्रक्रिया पुरा गरी पुनः नेपाली नागरिकता कायम गरेको भन्ने प्रस्ट हुने गरी नागरिकता जारी र प्राप्त नगरेसम्म निज लामिछाने कुनै पनि राजनैतिक पदमा उम्मेदवार हुन निर्वाचित हुन, मनोनयन हुन र मतदान गर्न नपाउने गर्नु गराउनु भनि विपक्षीहरूका नाममा परमादेशको आदेश जारिगरी पाउँ ।’

समाचार

रविको अर्को त्रुटि : अमेरिकी नागरिकता त्यागेको निस्सा बिनै नेपाली नागरिकता

वि.सं.२०८० जेठ १० बुधवार १७:०३ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...