काठमाडौं । नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न कर्मचारी खोलिएको भन्दै आएका सूचना ‘फेक’ भएको टेलिकमले जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै टेलिकमका प्रवक्ता शोभन अधिकारीले आएका विज्ञापन झुठ भएको बताएका हुन् ।
उनका अनुसार टेलिकमले कर्मचारी आवश्यकतासम्बन्धी सूचना प्रकाशित गर्दा राष्ट्रिय दैनिक गोरखापत्र र टेलिकमकै वेबसाइटमा राख्ने गरिएको जनाए । टेलिकमले आधिकारिक माध्यमबाट प्रकाशित सूचनालाई मात्रै हेर्न आग्रह गरेको छ ।
“केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न ‘भ्याकेन्सी’ खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ”, सार्वजनिक विज्ञप्तिमा भनिएको छ, “कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।”
वि.सं.२०८० जेठ १० बुधवार १७:३२ मा प्रकाशित





























