back
CTIZAN AD

बेलायत भ्रमणमा रहेका गुल्मीका जनप्रतिनिधिलाई रशमोर काउन्सीलको स्वागत

वि.सं.२०८० जेठ १० बुधवार

1K 

shares

युके । बेलायत भ्रमणमा रहेका गुल्मीका जनप्रतिनिधिहरुलाई रशमोर काउन्सील अफिसको प्रागणमा स्वागत गरिएको छ ।

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी, युबा जनप्रतीनिधी प्रमुखहरू चन्द्रकोट गाउंपालिका अध्यक्ष युवराज खत्री क्षेत्री, धुर्कोट गाउंपालिका अध्यक्ष भुपाल पोख्रेल र मालिका गाउंपालिका अध्यक्ष देवीराम अर्याललाई काउन्सील अफिसमा स्वागत गर्दै अन्तरक्रिया कार्यक्रम समेत गरिएको हो ।

बिशेष त रशमोर ब्ररो काउन्सीलका मेयर मिकिगले महत्वपूर्ण कार्यक्रमको अबसर पारेर उनीहरुलाई स्वागत गरेका हुन् ।
उक्त कार्यक्रममा निवर्तमान मेयर जोन मर्सद्वारा पद हस्तान्तरण र नवनियुक्त मेयर सिल्भे गर्टनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण गरिएको थियो । काउन्सीलमा पहिलोपटक ऐतिहासीक रूपमा अफ्रिकन मुलका काला जातिको समुदायकी डेपुटि मेयर मर मकुनुरा सर्वसहमतबाट नियुक्ति भई पदवहालि गरेकी छन् ।

निर्वतमान मेयरलाई बिदाई तथा काउन्सीलका जिम्मेवार पदहरूको पदभार हस्तान्तरण गर्दै जिमेवारी दिइएको थियो । सो कार्यक्रमपछि नेपाली अतिथिहरूलाई स्वागत गरिएको थियो । नवनिवाचित मेयर साथै काउन्सिलका लिडर डेभिड क्लिफोर्ड समेत काउन्सीलरहरुसंग स्थानीयतह र सेवाप्रवाहका साथै नेपालि भाषि तथा व्रिटिश गोर्खाको अवस्थावारे जानकारी आदान प्रदान गरिएको थियो । साथै नेपाल र ब्रिट्रिसको पुरानो सम्बन्ध अझ प्रगाढ रहने गरी नेपालको स्थानिय सरकारहरूसंग सिधा कला, संस्कृति र पर्यटनमा समन्वय गरेर अगाडि बढ्ने बताइएको थियो ।

उक्त कार्यक्रमको संयोजनका लागि ग्रेटर रशमोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष साथै गुल्मी जिल्ला समाज युकेका सस्थापक अघ्यक्ष हाल ट्रष्टी ओम थापा काउचाको अनुरोधमा काउन्सिलर, नेम थापा, जिव वेलवासे र धन सार्कीले सयोजन गरेका थिए ।

कार्यक्रममा अतिथिको रूपमा केही नेपाली संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता थियो । जसमा गैरआवाशिय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगर, संरक्षक मेजर रिटायर डमर घले, ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरूङका साथै निबर्तमान अध्यक्ष रामधन राईको उपस्थिती रहेको थियो ।

 

वि.सं.२०८० जेठ १० बुधवार १७:३५ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...