काठमाडौं । भाेलि (बिहीबार) काठमाडाैं उपत्यकामा सार्वजनिक बिदा हुने भएकाे छ । बुधबार गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भोटो देखाउने जात्राको अवसरमा बिहीबार उपत्यकामा बिदा हुने जनाएकाे हाे ।
मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सार्वजनिक गरेकाे विज्ञप्तिअनुसार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक विदा हुनेछ ।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउजाखेलमा भोटो देखाउने जात्रा हुँदैछ । उक्त जात्राका क्रममा राष्ट्रपतिले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन छ ।

वि.सं.२०८० जेठ १० बुधवार १७:४० मा प्रकाशित






























