back
CTIZAN AD

विवादलाई छाडेर सकारात्मक भावनाका साथ अगाडि बढौं : पूर्व अध्यक्ष डा. शेष घले

वि.सं.२०८० जेठ १० बुधवार

1.2K 

shares

भरत प्रधान, लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले आफू सधैँ मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा लागि रहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा सोमबार राजधानी लिस्बनमा आयोजित ‘सहमति, सहकार्य, एकता र आधिकारीकता’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअध्यक्ष घलेले आफू एनआरएन अभियानमा क्रियाशील रहेको बताउँदै संघको विवादलाई छाडेर सकारात्मक भावनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

संघमा आबद्ध भएदेखि नै आफू संघको संस्थागत हितमा लागेको उल्लेख गर्दै उनले संघसंस्थाको उद्देश्य समाज सेवा र सामाजिक कार्य भएकाले जुनसुकै माध्यमबाट पनि समाज सेवा र सामाजिक कार्य गर्न सकिने बताए । संघको विवादतर्फ आफू जान नचाहेको स्पष्ट पार्दै उनले आफूलाई दिएको जिम्मेवारी निश्पक्ष ढङ्गले पूरा गरेको उल्लेख गरे । घलेले भने,–“कानुनी परामर्श गरेरै महाधिवेशन सम्पन्न गरेको हो । त्यसबेला परराष्ट्र मन्त्रालयबाटै नगर्नु भन्ने परिपत्र आएको भए मैले रोक्नुपथ्र्यो तर परराष्ट्रबाट त्यस्तो केही आएको थिएन ।”

नयाँ पूस्तालाई समेट्दै संघलाई समयानुकुल परिमार्जन गर्नुपर्छ भन्ने सोँच र परिकलल्पनाका साथ ‘भिजन २०२० एण्ड वियोण्ड’ कार्यक्रम ल्याएको स्मरण गर्दै उनले संघमा विवादको अन्त्य होस् भनेरै विधान संशोधन गरेर विवादरहित संस्थाको परिकल्पना गरिएको बताए । पूर्वअध्यक्ष घलेले विदेशमा रहेका नेपाली समुदायको सञ्जालका रुपमा संयुक्त राष्ट्र संघको मोडेलमा एउटा सञ्जाल सञ्चालन गर्न सकिने धारणा समेत राखेका थिए ।

जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा र ग्रीन हाईड्रोजनमा विश्वको ध्यान केन्द्रीत भइरहेको भन्दै उनले यस्ता महत्वपूर्ण विषयमा नेपालको ध्यान जान नसकेकाले सबै मिलेर सरकारलाई झक्झकाउनुपर्नेमा जोड दिए । घलेले विश्व बैंङ्क तथा विदेशी नियोगका अधिकारीको सहभागीतामा नेपालमा हाईड्रोजन सम्मलेन सम्पन्न गरी सोही क्षेत्रमा आफूले काम गरिरहेको जानकारी दिए ।

संघका केन्द्रीय उपाध्यक्ष थर्क सेनले संघको एकताका लागि सहमतिका बुँदा तय गरिएको भन्दै एक भएर अगाडि बढौँ भन्ने भावनाका साथ आफूहरू लागि परेको बताए । संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले संस्थागत स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदा संघ विभाजनमा पुगेको उल्लेख गरे । संघका युरोप सलल्लाहकार विश्वास दीप तिगेला र युरोप संयोजक उल्का घिमिरेले संघको एकताका लागि पहल भइरहेको बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्वअध्यक्ष रमेशकुमार गुरुङ, पूर्वआईसिसी सदस्य धनराज शेर्पा, पूर्वआईसीसी सदस्य नारायणकाजी मगर, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजाराम लामिछाने, नेपाली जनसम्पर्क समितिका सुनिल ढुङ्गाना, नेपाली जनप्रगतिशील मोर्चाका महासचिव प्रदिप अधिकारी, नेपाली महिला समाजकी अध्यक्ष माया खरेल, ताामाङ समाजका सुजन लामा, पत्रकार योगेन्द्रमिलन छन्त्याल, शान्ति अर्याललगायतले पोर्चुगलमा रहेका नेपालीको अवस्था र उनीहरुले झेल्नुपरेका समस्याका विषयमा भनाइ राखेका थिए । कार्यक्रममा सहभागीले पोर्चुगलमा देखापरेका समस्याप्रति यहाँ क्रियाशील संघसंस्था र सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिँदै दूतावास स्थापनाका लागि पहल गर्नुपर्ने बताएका थिए ।

कार्यक्रम संघका अध्यक्ष सोमफुरी शेर्पाको अध्यक्षता, उपाध्यक्ष निर्मला ढकालको स्वागत तथा महासचिव सुमन शर्मा चम्लागाईंको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

वि.सं.२०८० जेठ १० बुधवार २०:५६ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...