back
CTIZAN AD

पैयूँ-५ को सार्वजनिक सुनुवाई सम्पन्न, चालु आवमा के–के गर्यो त ?

वि.सं.२०८० जेठ १० बुधवार

1.2K 

shares

पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नं. ५ ले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

वडा कार्यालय परिसर चिसापानीमा सोमबार आ.व.२०७९÷०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका अध्यक्ष निर्भीक नारायण भुर्तेलले चालु आ.व.को अवधिमा वडाले प्रदान गरेका सेवा तथा नीति, योजनाहरुको विषयमा प्रकाश पारेका थिए ।

चालु आवमा गाउँपालिकाबाट उपलब्ध कूल ६५ लाख बजेटबाट वडाको पूर्वाधार विकास, खानेपानी, सडक मर्मत तथा सामाजिक विकास लगायतका कार्यक्रमहरु गरी ३८ वटा योजनाहरु निर्माण गरिएको भुर्तेलले जानकारी दिए ।

 

अध्यक्ष भुर्तेलले चालु आ.व.मा सुरक्षित नागरिक आवास कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिँदै आगामी नयाँ आर्थिक वर्षमा नागरिकका माग र आवश्यकतालाई मध्यनजर गरेर ठोस योजना बनाइने समेत बताए ।

कार्यक्रममा पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले समृद्ध पैयूँ निर्माणको लागि सबै नागरिकको सहभागिता अपरिहार्य रहेको बताउँदै योजना निर्माण तथा कार्यन्वयनमा पनि उत्साहपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताइन् । रानाले सिमित आयश्रोतका कारण स्थानीय सरकारले नागरिकका सबै आवश्यकताहरुलाई एकैसाथ पूरा गर्न नसकेको बताइन् ।


त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले चालु आ.व.मा पालिकाले बनाएका योजनाहरु धेरैमात्रामा कार्यान्वयन भएको बताए ।

‘उपभोक्ता समितिबाट भएका कामहरुमा नागरिकले कुनै गुनासो नगर्नु आफैमा सकारात्मक पाटो हो, यसबाट उपभोक्ता समितिले राम्रोसँग काम गरिरहेको छ भन्ने अर्थ हुन्छ ।’ लामिछानेले योजनाका कामहरु पनि सुचारु रुपले चलिरहेको बताए ।

त्यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले राखेका विकास निर्माण, सामाजिक चेतना, वडाको शैक्षिक विकास तथा अन्य विषयका जिज्ञासाहरुमा वडाअध्यक्ष, पालिका उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जवाफ दिएका थिए ।

वि.सं.२०८० जेठ १० बुधवार २०:३३ मा प्रकाशित

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...