back
CTIZAN AD

पालिकाद्धारा उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने

वि.सं.२०८० जेठ ११ बिहीवार

825 

shares

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको हो ।

नगरपालिकाले सञ्चालन गरेको शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षाअन्तर्गत कक्षा ६–९ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–१० अर्खौलेस्थित सरस्वती मावि पहिलो भएको छ । सो विद्यालयलाई रु दुई लाख प्रदान गरिने छ ।

यस्तै हलेसी तुवाचुङ–१ बाहुनीडाँडाको कालिका मावि दोस्रो तथा हलेसी तुवाचुङ–९ धितुङस्थित बुलापन्थे मावि तेस्रो भए । दुवैलाई क्रमशः रु ५० हजार र २० हजार प्रदान गर्ने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए ।

यस्तै कक्षा ४–५ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–४ बडहरेस्थित खोक्सेली विद्यालय प्रथम, सोही वडाका बोझेओडार र हलेसी तुवाचुङ–१ बाहुनीडाँडाको जनचेतना विद्यालय तेस्रो भए । ती विद्यालयलाई क्रमशः रु ५० हजार, रु २० हजार र रु १० हजार प्रदान गरिने छ ।

यस्तै कक्षा ६–८ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–२ डिकुवास्थित डिकुवा विद्यालय प्रथम, वडा नं ४ बडहरेको शान्ति आधारभूत विद्यालय दोस्रो र वडा नं ११ राजापानीको हिमगङ्गा आधारभूत विद्यालय तेस्रो भए । उनीहरुले क्रमशः रु ५५ हजार, २५ हजार र १५ हजार पुरस्कार प्रदान गरिने छ ।

एघार वडा रहेको हलेसी तुवाचुङमा वडा नं ५ दुर्छिमस्थित दामोदरमहासिंह आधारभूत विद्यालय दुर्छिमकी ब्रोलिजा राई प्रथम, हिमगङ्गाका भविन पुरी, बुलापन्थे मावि धितुङकी सुजना राई, बुलापन्थे मावि धितुङकै अनिल कटवाल, लक्ष्मी मावि बडहरेका गणेश दाहाल र महेन्द्रोदय मावि महादेवस्थानका दया राई पहिलो भए । उनीहरुले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

 

वि.सं.२०८० जेठ ११ बिहीवार ११:२१ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...