काठमाडौं । रुकुमपश्चिमको बाँफीकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।
पालिका ८ तोरीधारामा सानीभेरी गाउँपालिकाबाट रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाईते भएका हुन् । ती मध्ये पाँचको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
दुर्घटनामा घाईते भएका सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्र्षीय देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीय रेखा खनाल (केसी), उनका छोरा रोशन केसी र सोही गाउँकी २३ वर्षीय सितला नाम गरेकी महिलाको अवस्था चिन्ताजनक रहेको प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।
घाइतेमध्ये पाँचजनालाई उपचारका लागि रुकुमपश्चिमको खंलगा लगिएको र गम्भीर रहेका पाँच जनालाई सुर्खेतबाट हेलिकप्टर मगाइएको इलाका श्रेष्ठले जानकारी दिए ।
जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेर दुर्घटना र के कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
वि.सं.२०८० जेठ ११ बिहीवार ११:२६ मा प्रकाशित






























