Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

भ्रष्टाचार रोक्न कामदारको ज्याला बैंक खातामा



मुगु । मुगु जिल्लाको सोरु गाउँपालिकाले भ्रष्टचार रोक्न यो चालु आर्थिक बर्षबाट योजनामा काम गर्ने कामदारहरुको ज्याला ब्यक्तिको खातामै हाल्न सुरु गरेको छ ।

योजनाका उपभोक्ता समितिले कामदारको ज्याला नबुझाएर रकम हिनामिना गर्न थालेपछि त्यसलाई रोक्न र योजनालाईं पारदर्शिता बनाउन पालिकाले कामदारको खाता बैंकमा खोल्न लगाएर रकम भुक्तानी थालेको छ ।

भ्रष्टचार रोक्न कामदारले पाउने ज्याला खातामै जम्मा गर्ने भन्ने पालिकाले निर्णय गरेको अध्यक्ष धर्मबहादुर शाहीले बताए । पूर्बाधार तथा आयआर्जन कार्यक्रममा जति स्थानीय संलग्न देखिन्छन् तिनीहरुको बैंकमा खाता खोलेर रकम जम्मा गर्ने कामको सुरुवात गरिएको उनको भनाई छ ।

बिगत बर्षमा योजनामा उपभोक्ता समितिमा बस्न हानथाप गर्ने र योजनाको रकम कामदारलाई नदिने बढी उजुरी पर्न थालेपछि पालिकाले यो नीति लागु गरेको छ राज्य बाट सेवासुबिधा दिएका जेष्ठनागरिक अपाङ्ग एकल महिला र कर्मचारीले योजनामा काम गर्न नदिने भन्ने वडातहमा निर्देशन जारी गरेको छ ।

योजनालाई पारदर्शिता र दिगो बनाउन र मौलाउदै गएको भ्रष्टाचार न्यूनिकरण गर्न कामदारको खातामै पैसा हाल्न थालिएको उपाध्यक्ष केशरबहादुर शाहीको भनाई छ । उपाध्यक्षले भने–यो आर्थिक बर्ष देखि अनुगमनमा कडाई गरि काम अनुसारको बजेट निकासा गर्ने लागिएको छ ।

पालिकाले कामदारको ज्याला बैंकमा जम्मा गर्ने निर्णय गरेपछि सोरुकोट राष्ट्रिय बाणिज्य बैंकमा खाता खोल्नेको चाप बढेको छ । योजनामा काम गर्ने महिला पुरुष खाता खोल्न गाउँबाट सोरुकोट बैंकमा आउन थालेका छन् ।

योजनामा काम गर्ने कामदारको बैंक खाता नआएसम्म योजनाको रकम भुक्तानी नदिने प्रमुख प्रशासकिय अधिकृत बीरेन्द्र मल्ल भन्छन– ‘यो पटक केही कठिनाई भएपछि आगामी बर्ष देखि सहज हुन्छ ।’ कामदारको ज्याला बैंकमै जम्मा गर्ने निर्णयले भ्रष्टचार रोकिने उनले सुनाए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।