back
CTIZAN AD

भ्रष्टाचार रोक्न कामदारको ज्याला बैंक खातामा

वि.सं.२०८० जेठ ११ बिहीवार

810 

shares

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिकाले भ्रष्टचार रोक्न यो चालु आर्थिक बर्षबाट योजनामा काम गर्ने कामदारहरुको ज्याला ब्यक्तिको खातामै हाल्न सुरु गरेको छ ।

योजनाका उपभोक्ता समितिले कामदारको ज्याला नबुझाएर रकम हिनामिना गर्न थालेपछि त्यसलाई रोक्न र योजनालाईं पारदर्शिता बनाउन पालिकाले कामदारको खाता बैंकमा खोल्न लगाएर रकम भुक्तानी थालेको छ ।

भ्रष्टचार रोक्न कामदारले पाउने ज्याला खातामै जम्मा गर्ने भन्ने पालिकाले निर्णय गरेको अध्यक्ष धर्मबहादुर शाहीले बताए । पूर्बाधार तथा आयआर्जन कार्यक्रममा जति स्थानीय संलग्न देखिन्छन् तिनीहरुको बैंकमा खाता खोलेर रकम जम्मा गर्ने कामको सुरुवात गरिएको उनको भनाई छ ।

बिगत बर्षमा योजनामा उपभोक्ता समितिमा बस्न हानथाप गर्ने र योजनाको रकम कामदारलाई नदिने बढी उजुरी पर्न थालेपछि पालिकाले यो नीति लागु गरेको छ राज्य बाट सेवासुबिधा दिएका जेष्ठनागरिक अपाङ्ग एकल महिला र कर्मचारीले योजनामा काम गर्न नदिने भन्ने वडातहमा निर्देशन जारी गरेको छ ।

योजनालाई पारदर्शिता र दिगो बनाउन र मौलाउदै गएको भ्रष्टाचार न्यूनिकरण गर्न कामदारको खातामै पैसा हाल्न थालिएको उपाध्यक्ष केशरबहादुर शाहीको भनाई छ । उपाध्यक्षले भने–यो आर्थिक बर्ष देखि अनुगमनमा कडाई गरि काम अनुसारको बजेट निकासा गर्ने लागिएको छ ।

पालिकाले कामदारको ज्याला बैंकमा जम्मा गर्ने निर्णय गरेपछि सोरुकोट राष्ट्रिय बाणिज्य बैंकमा खाता खोल्नेको चाप बढेको छ । योजनामा काम गर्ने महिला पुरुष खाता खोल्न गाउँबाट सोरुकोट बैंकमा आउन थालेका छन् ।

योजनामा काम गर्ने कामदारको बैंक खाता नआएसम्म योजनाको रकम भुक्तानी नदिने प्रमुख प्रशासकिय अधिकृत बीरेन्द्र मल्ल भन्छन– ‘यो पटक केही कठिनाई भएपछि आगामी बर्ष देखि सहज हुन्छ ।’ कामदारको ज्याला बैंकमै जम्मा गर्ने निर्णयले भ्रष्टचार रोकिने उनले सुनाए ।

 

वि.सं.२०८० जेठ ११ बिहीवार १७:०८ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...