
काठमाडौं । नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि काठमाडौं उपत्यकासहित बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित गराएको छ ।
मन्त्रालयले काठमाडौं उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाएको छ । शुक्रबारदेखि लागु हुनेगरी नै मन्त्रालयले भाडादर घटाएको हो ।
यसअघि डिजेलको भाउ भन्दै व्यवसायीले आफैं भाडादर बढाउने गरेका थिए । तर, सरकारले नै तेलको मूल्यअनुसार भाडादर तोक्ने नीति लिएसँगै व्यवसायीको मनलागी भाडादर लिने व्यवस्थ अन्त्य भएको छ । अहिले केन्द्र सरकारले अन्तरप्रदेशको भाडादर तोक्ने गर्दछ भने छोटो दुरी तथा अन्तरपालिकाको भाडादर प्रदेश सरकारले तोक्ने गरेको छ ।
यस्तो छ नयाँ भाडादर