back
CTIZAN AD

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा घट्यो सार्वजनिक यातायातको भाडा (भाडादरसहित)

वि.सं.२०८० जेठ १२ शुक्रवार

855 

shares

काठमाडौं । नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि काठमाडौं उपत्यकासहित बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित गराएको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाएको छ । शुक्रबारदेखि लागु हुनेगरी नै मन्त्रालयले भाडादर घटाएको हो ।

यसअघि डिजेलको भाउ भन्दै व्यवसायीले आफैं भाडादर बढाउने गरेका थिए । तर, सरकारले नै तेलको मूल्यअनुसार भाडादर तोक्ने नीति लिएसँगै व्यवसायीको मनलागी भाडादर लिने व्यवस्थ अन्त्य भएको छ । अहिले केन्द्र सरकारले अन्तरप्रदेशको भाडादर तोक्ने गर्दछ भने छोटो दुरी तथा अन्तरपालिकाको भाडादर प्रदेश सरकारले तोक्ने गरेको छ ।

यस्तो छ नयाँ भाडादर

वि.सं.२०८० जेठ १२ शुक्रवार १२:०२ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...