back
CTIZAN AD

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका प्रतिवादीहरुको बयान आजदेखि

वि.सं.२०८० जेठ १२ शुक्रवार

834 

shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको अदालतले आजदेखि बयान लिँदैछ । अभियुक्तहरूको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुँदैछ ।

प्रकरणमा विभिन्न ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । पूर्वउप्रधानमन्त्री एवम् नेकपा (एमाले)का सचिव टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत विरुद्ध नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै ठगी गरेको आरोप छ ।

यस प्रकरणमा १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । उनीहरु सबैविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियताविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

न्यायाधीशको अगाडि बयान सकिएपछि मात्रै थुनछेकको बहस सुरु हुनेछ । तत्पश्चात अदालतले प्रतिवादीहरुलाई थुनामा राख्ने वा धरौटीमा छाड्ने आदेश गर्नेछ । यो प्रक्रिया सक्न कम्तीमा दुई साता लाग्न सक्ने बताइएको छ ।

वि.सं.२०८० जेठ १२ शुक्रवार १२:२० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...