back
CTIZAN AD

तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुण अघि बढाउन भारतसँग थप सम्झौता

वि.सं.२०८० जेठ १४ आइतवार

777 

shares

काठमाडौं । सरकारले तमोर जलविद्युत आयोजना अघि बढाउने जिम्मा लिएको चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार बसेको लगानी बोर्डको बैठकले चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

चिनियाँ कम्पनी चाइन पावरसँग २०२० जनवरी १९ मै परियोजना अघि बढाउने विषयमा सहमति भएको थियो । तर, हालसम्म पनि सहमति पालना नभएको भन्दै बोर्डले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आएका बेला भएको उक्त सम्झौताबारे पुनर्विचार गर्ने तयारीमा सरकार पुगेको हो ।

यता, तल्लो अरुण भारतीय कम्पनी सतजल विद्युत निगम (एसजेभीएन)लाई दिने विषयमा २०७८ सालमै सहमति भइसकेको छ । लगानी बोर्ड र भारतीय कम्पनीबीच सहमति भइसकेको उक्त आयोजनालाई अघि बढाउन सरकारले दोस्रो चरणको सम्झौता गर्न लागेको हो ।

झण्डै एक खर्ब बराबरको लगानी हुने उक्त आयोजनाबाट ६ सय ७९ मेगावाट विद्युत उत्पादन हुनेछ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कम्पनीसँग उक्त आयोजनाबारे सम्झौता गरेका थिए । जसलाई अघि बढाउने तयारीमा सरकार पुगेको हो ।

सम्झौताअनुसार उक्त आयोजनाबाट नेपालले भने २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ दशमलव १ मेगावट विद्युत निःशुल्क पाउनेछ । त्यहाँ उत्पादित बाँकी विद्युत भने भारत निर्यात हुनेछ ।

वि.सं.२०८० जेठ १४ आइतवार १५:५१ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...