Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा भारतीय मुलका विद्यार्थीको गोली हानेर हत्या



फिलाडेल्फिया । फिलाडेल्फियामा भारतीय मूलका एक जना विद्यार्थीको गोली हानेर हत्या भएको छ ।

भारतीय मूलका २१ वर्षीय विद्यार्थी पहिचान जुडे चाकोको गोली हानेर हत्या गरिएको खलीज टाइम्सले सोमबार जनाएको छ । कामबाट फर्किंदै गरेका उनलाई अज्ञात आक्रमणकारीले गोली हानेका थिए ।

मृतकका आमाबाबु केरेलाको कोल्लम जिल्लाबाट करिब ३० वर्षअघि अमेरिका आएका भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै खलीज टाइम्सले जनाएको छ । जुडेमाथि लुटपाटको प्रयास भएको तथा सोही क्रममा दुई जनाले आक्रमण गरेका थिए ।

यो वर्ष भारतीय मूलका विद्यार्थीलाई अमेरिकामा लक्षित गरी मारिएको यो दोस्रो घटना हो । यसअघि अप्रिल २१ मा आन्ध्र प्रदेशका २४ वर्षीय विद्यार्थीलाई ओहायोको पेट्रोल पम्पमा गोली प्रहार गरी हत्या गरिएको थियो । भारतीय मूलका साईश वीराको काममा गइरहेका बेला अज्ञात आक्रमणकारीले गोली हानेर मारेका प्रहरीले जनाएको थियो । (रासस/एएनआई)


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।