back
CTIZAN AD

काठेखोला लिफ्टिङ खानेपानी आयोजनाको परीक्षण सुरु

वि.सं.२०८० जेठ १७ बुधवार

969 

shares

बलेवा। लामो समयको प्रतीक्षापछि काठेखोलाको पानी बागलुङ बजारमा वितरण गर्ने गरी सञ्चालनमा रहेको योजना ‘बागलुङ नगर सहलगानी ९लिफ्टिङ खानेपानी० आयोजनाको परीक्षण सुरु भएको छ ।

गत आइतबारदेखि निर्माण व्यवसायीले काठेखोलाको पानी शुद्धिकरणस्थल र शुद्धिकरणस्थलबाट वितरण ट्याङ्कीसम्म पानी तानेर परीक्षण सुरु गरेको हो । आयोजना निर्माण गरिरहेको कम्पनी कन्काई जयमाता जेभीका इन्जिनियर विक्रम अधिकारीका अनुसार लिफ्टिङमा आउनसक्ने समस्या, वितरण ट्याङ्कीसम्मको पाइपलाइन, पानी शुद्धिकरणस्थल र अन्य प्राविधिक विषयहरुको परीक्षण थालिएको छ ।

परीक्षण सफल भएमा आगामी एक महिनाभित्र आयोजना हस्तान्तरण गर्नेगरी निर्माण कम्पनीले तयारी गरिरहेको छ । आयोजनाको अनुगमन तथा सुपरीवेक्षण गरिरहेको सङ्घीय खानेपानी आयोजना बेनी म्याग्दी र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रत्यक्ष निगरानीमा परीक्षण थालिएको अधिकारीले बताए।

परियोजनाको बागलुङ नगरपालिका–३ काठेखोला किनारदेखि पानी प्रशोधन केन्द्र रहेको कैलामपोखरीसम्म र कैलामपोखरीदेखि वितरण ट्याङ्कीसम्म छुट्टाछुट्टै परीक्षण भइरहेको छ । आयोजनाको परीक्षण सुरु भएसँगै बागलुङ बजारमा शुद्ध खानेपानी आउने छिट्टै वितरण सुरु गर्ने तयारी रहेको संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए।

लामो समयदेखि अलपत्र आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै आयोजना सम्पन्न हुन नसकेको हो । दुई वर्षमा आयोजना सक्नेगरी २०७५ साल असार ३१ गते कन्काई जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो ।

निर्माण कम्पनीको ढिलासुस्तीले तीन पटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो । लिफ्ट आयोजनाले बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टिङमार्फत रातमाटामा तानेर शुद्धिकरण गरेर वितरण गर्नेगरी काम भइरहेको हो ।

रु ३२ करोड २५ लाखको लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । कोरोना महामारी, आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायीले बताउँदै आएका थिए ।

पानी लिफ्टिङ गर्न मोटर सञ्चालनका लागि ६ सय ३० केभिएको ट्रान्सफर्मर जडान भइसकेको छ । पानी जम्मा गर्नका लागि काठेखोला किनारमा पाँचवटा व्यवस्थित इनार तयार भएका छन् । पानी प्रशोधनका लागि नौवटा र वितरणका लागि दुईवटा ट्याङ्की तयार भएका छन् भने खोला किनारका इनारदेखि वितरण ट्याङ्कीसम्म पाइपलाइनको पनि परीक्षण भइरहेकोे इन्जिनियर अधिकारीले बताए।

अहिले बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आइएको छ । बागलुङ बजारमा खानेपानीको समस्या देखिँदै आएपछि बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजना निर्माण थालिएको थियो । डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो ।

सहलगानी आयोजना सुरु हुँदा नेपाल सरकारले सञ्चालन गरेको ९लिफ्टिङ खानेपानी० सहलगानी आयोजना नेपालकै सबैभन्दा ठूलो आयोजनाका रुपमा रहेको यो आयोजना सम्पन्न भए बागलुङवासीलाई चोबिसै घन्टा पानी उपलब्ध हुनसक्छ । आयोजनामा नेपाल सरकारको ७० र उपभोक्तको ३० प्रतिशत लगानी भएको छ । आयोजनाले काठेखोलाबाट प्रतिसेकेन्ड ७० लिटर पानी तान्ने योजना छ । प्रतिसेकेन्ड ४० देखि ५० लिटरसम्म पानीको माग रहेको बागलुङ बजारका झन्डै चार हजार धारामा यस आयोजनामार्फत चौबिसै घण्टा पानी खसाल्ने लक्ष्य रहेको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए।

वि.सं.२०८० जेठ १७ बुधवार १२:२१ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...