Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदातल काठमाडौँमा सुरु भएको छ ।

बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

उनका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ ।

आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताए । उनले भने, “सो प्रकरणमा मुछिएकाहरुको बयान यही जेठ १२ गतेदेखि सुरु गरिएकोमो आज तीन जनाको बयान भइरहेको ।”

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।