back
CTIZAN AD

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा अमेरिकी भिसा प्रतिबन्धको आलोचना

वि.सं.२०८० जेठ २१ आइतवार

684 

shares

ढाका । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यलेू बङ्गलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेका छन् । हामी अरूमा निर्भर हुने छैनौं। कसले हामीलाई भिसा दिँदैन वा कसले प्रतिबन्ध लगाउने भन्ने चिन्ता गर्नुको कुनै अर्थ छैन, हसिनाको योटिप्पणी शनिबार युनाइटेड न्युज अफ बङ्गलादेशले उद्धृत गरेको छ।

नयाँ नीति अन्तर्गत बङ्गलादेशका वर्तमान र पूर्व अधिकारीहरू, सरकार समर्थक र विपक्षी राजनीतिक दलका सदस्यहरू, र कानून प्रवर्तन निकायका सदस्यहरू, न्यायपालिका र सुरक्षा सेवाका सदस्यहरूमाथि प्रतिबन्ध लगाइएको छ । उता यो नीति बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण राष्ट्रिय चुनावलाई समर्थन गर्न बनाइएको अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मे २४ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री हसिनाले बङ्गलादेशमा अर्को आम चुनाव अवामी लिग सरकार अन्तर्गत हुने कुरा स्पष्ट गरिसक्नु भएको छ । अब चुनाव सन् २०२४ को प्रारम्भमा हुनेछ । हालको सरकारले पूर्व प्रधानमन्त्री खालिदा जियाको बङ्गलादेश नेसनलिस्ट पार्टीबाट चुनौतीको सामना गर्नु पर्ने आँकलन हुँदैछ ।

वि.सं.२०८० जेठ २१ आइतवार १६:०० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...