back
CTIZAN AD

कोका–कोलाको ‘चिल एन्ड विन’ क्याम्पेन सार्वजनिक

वि.सं.२०८० जेठ २२ सोमवार

816 

shares

काठमााडौं । नेपालमा सबैभन्दा रुचाइएको बेभरेज ब्राण्ड कोका–कोलाले उपभोक्ताहरूका लागि यस वर्षको सबैभन्दा ठूलो प्रमोशनल क्याम्पेन ‘चिल एन्ड विन’ ल्याएको छ ।

कोका–कोलाको यो क्याम्पेनले उपभोक्ताहरुलाई स्मार्टफोन र मोबाइल रिचार्जहरू जस्ता उत्कृष्ट उपहारहरू जित्ने सुनौलो अवसर प्रदान गरेको छ ।

कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रमोशनल क्याम्पेन भएको बताइएको छ । यसका अफरहरु स्प्राइट र फ्यान्टाको पेट बोतलहरूमा पनि उपलब्ध रहेको छ ।

युनिक कोडका लागि विशेष रूपमा चिन्ह लगाइएको पेट बोतलहरूको लेबलमा वा आरजिबि बोतलहरूको क्राउन मुनि चेक गर्नुपर्ने कम्पनीले जनाएको छ । क्याम्पेनको वेबसाइटमा कोड राखेर वा एस.एम.एस मार्फत कोड पठाएर प्रत्येक दिन एक स्मार्टफोन जित्ने मौका पाइनेछ । सहभागीहरूले ५०० सम्मको मोबाइल रिचार्ज पनि जित्न सक्नेछन् । यो अफर नेपालभर कोका–कोला, स्प्राइट र फ्यान्टाको १७५ मिलि तथा २५० मिलिको सिसाको बोतल र २५० मिलि तथा ५०० मिलि पेट बोतलमा लागू हुने कम्पनीले जनाएको छ ।

उपभोक्ताहरुलाई आफ्नो पुरस्कार दावी गर्न सजिलो होस् भन्ने हेतुले कोका–कोलाले यो वर्ष डिजिटल पेमेन्ट पार्ट्नरको रुपमा खल्तीसँग सहकार्य गरेको छ । जसले गर्दा विजेताहरुले तुरुन्तै आफूले जितेको रकम प्रयोग गर्न पाउने जनाइएको छ । बढ्दो गर्मीलाई लक्षित गरेर ल्याइएको ‘चिल एन्ड विन’ क्याम्पेन जेष्ठ ६ देखि आषाढ ३० सम्म लागु हुनेछ र जति चाँडो सहभागी भयो त्यति नै जित्ने मौका पनि बढ्ने जनाइएको छ ।

वि.सं.२०८० जेठ २२ सोमवार ०८:२५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...