Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

कोका–कोलाको ‘चिल एन्ड विन’ क्याम्पेन सार्वजनिक



काठमााडौं । नेपालमा सबैभन्दा रुचाइएको बेभरेज ब्राण्ड कोका–कोलाले उपभोक्ताहरूका लागि यस वर्षको सबैभन्दा ठूलो प्रमोशनल क्याम्पेन ‘चिल एन्ड विन’ ल्याएको छ ।

कोका–कोलाको यो क्याम्पेनले उपभोक्ताहरुलाई स्मार्टफोन र मोबाइल रिचार्जहरू जस्ता उत्कृष्ट उपहारहरू जित्ने सुनौलो अवसर प्रदान गरेको छ ।

कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रमोशनल क्याम्पेन भएको बताइएको छ । यसका अफरहरु स्प्राइट र फ्यान्टाको पेट बोतलहरूमा पनि उपलब्ध रहेको छ ।

युनिक कोडका लागि विशेष रूपमा चिन्ह लगाइएको पेट बोतलहरूको लेबलमा वा आरजिबि बोतलहरूको क्राउन मुनि चेक गर्नुपर्ने कम्पनीले जनाएको छ । क्याम्पेनको वेबसाइटमा कोड राखेर वा एस.एम.एस मार्फत कोड पठाएर प्रत्येक दिन एक स्मार्टफोन जित्ने मौका पाइनेछ । सहभागीहरूले ५०० सम्मको मोबाइल रिचार्ज पनि जित्न सक्नेछन् । यो अफर नेपालभर कोका–कोला, स्प्राइट र फ्यान्टाको १७५ मिलि तथा २५० मिलिको सिसाको बोतल र २५० मिलि तथा ५०० मिलि पेट बोतलमा लागू हुने कम्पनीले जनाएको छ ।

उपभोक्ताहरुलाई आफ्नो पुरस्कार दावी गर्न सजिलो होस् भन्ने हेतुले कोका–कोलाले यो वर्ष डिजिटल पेमेन्ट पार्ट्नरको रुपमा खल्तीसँग सहकार्य गरेको छ । जसले गर्दा विजेताहरुले तुरुन्तै आफूले जितेको रकम प्रयोग गर्न पाउने जनाइएको छ । बढ्दो गर्मीलाई लक्षित गरेर ल्याइएको ‘चिल एन्ड विन’ क्याम्पेन जेष्ठ ६ देखि आषाढ ३० सम्म लागु हुनेछ र जति चाँडो सहभागी भयो त्यति नै जित्ने मौका पनि बढ्ने जनाइएको छ ।


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।