back
CTIZAN AD

नविल बैंकको दिगो घर कर्जा योजना सार्वजनिक

वि.सं.२०८० जेठ २२ सोमवार

876 

shares

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा बैंकले यो योजना सार्वजनिक गरेको हो ।

आइतबार बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजना सार्वजनिक गरेका हुन् ।

नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पु¥याउने उनको विश्वास थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल बैंकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा स्पष्ट पारेका थिए ।

बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजितकुमार शाक्यले यो योजना एउटा सुरुवाती प्रयास भएपनि यसले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल र स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको पनि उपस्थिति रहेको थियो ।

नबिल दिगो घर कर्जा वातावरण मैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ ।
बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले बैकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्नेछन् ।

सात वर्ष भन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षका लागि वार्षिक १०.४९ प्रतिशत र सात वर्षपछि बाँकी अवधिमा सात वर्ष पश्चातको आधार दरमा १ दशमलब ५ प्रतिशत जोडी हुने व्याजदरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउनेछन् भने १ वर्षलाई दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराइनेछ ।

बैंकका अनुसार यस कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्ष सम्ममा चुक्ता गर्न सक्नेछन् । यो कर्जा योजना बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने छ ।

यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गई रहेको घरको हकमा घरको नक्सा पास पेस गर्नुपर्ने छ भने उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामग्रीहरू जस्तै सिएफएल, एलइडी लाइटहरूको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनु पर्ने बैंकले जनाएको छ ।

वि.सं.२०८० जेठ २२ सोमवार ०८:३२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...