Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

मध्य बानेश्वरमा सामसङको नयाँ सर्भिस सेन्टर



काठमाडौं । सामसङले मध्य बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको सुरुवात गरेको छ ।

सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइ एम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइ एम एसका सेल्स हेड कैलाश अइयर को समेत उपस्थितीमा उक्त सेन्टरको सुभारम्भ भएको थियो । सो सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१औँ रहेको छ ।

सामसङले काठमाडौं उपत्यकाभित्र विभिन्न ठाउँमा पाँच वटा र उपत्यकाबाहिर १५ वटा सर्भिस सेन्टरमार्फत सर्भिसको काम गर्दै आएको थियो । मध्यबानेश्वरमा थप सर्भिस सेन्टर थपिएसँगै देशभर सामसङको सर्भिस सेन्टरको संख्या २१ पुगेको छ ।

कम्पनीले नयाँ सेन्टरसँगै ग्राहकलाई थप सहज हुने विश्वास लिएको छ । कम्पनीले जनाएअनुसार बानेश्वर स्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत हुनेछ ।

सो प्रारम्भित सर्भिस सेन्टरबाट बानेश्वर लगायत कोटेश्वर, चाबाहिल, वौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने कुरामा पनि सामसङको विश्वास छ ।


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।