
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि ‘भैसी चढेर आएको’ भन्ने सब्द प्रयोग भएपछि त्यसलाई संसदको रेर्कडबाट हटाइएको छ ।
प्रतिनिधि सभा सदस्य शिशिर खनालले ‘प्रधानमन्त्री प्रचण्ड भारतबाट भैँसी चढेर आएको’ भन्ने शब्द प्रयोग गरेपछि सत्ता पक्ष र प्रतिपक्षबीच विवाद बढेपछि सभामुख देवराज घिमीरेले उक्त शब्द संसदको रेर्कडबाट हटाउन रुलिङ गरेका थिए ।
सांसद खनालले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने क्रममा भनेका थिए–‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए ।’
सोहि शब्दलाई सत्तापक्षका सांसद तथा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीमाथि अपमान गरिएको भन्दै संसदको रेर्कडबाट हटाउन माग गरेपछि सभामुखले संसदको रेर्कडबाट हटाउन निर्देशन दिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने र नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले उक्त शब्द प्रधानमन्त्रीले रोस्टमबाट आफै बोलेको भन्दै प्रधानमन्त्रीले बोलेका शब्द पनि रेर्कडबाट हटाउन माग गरेका थिए ।