back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्ड भारतबाट ‘भैसी चढेर आएको’ भन्ने सब्दले संसदमा विवाद, रेर्कडबाट हटाईयो

वि.सं.२०८० जेठ २२ सोमवार

1.2K 

shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि ‘भैसी चढेर आएको’ भन्ने सब्द प्रयोग भएपछि त्यसलाई संसदको रेर्कडबाट हटाइएको छ ।

प्रतिनिधि सभा सदस्य शिशिर खनालले ‘प्रधानमन्त्री प्रचण्ड भारतबाट भैँसी चढेर आएको’ भन्ने शब्द प्रयोग गरेपछि सत्ता पक्ष र प्रतिपक्षबीच विवाद बढेपछि सभामुख देवराज घिमीरेले उक्त शब्द संसदको रेर्कडबाट हटाउन रुलिङ गरेका थिए ।

सांसद खनालले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने क्रममा भनेका थिए–‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए ।’

सोहि शब्दलाई सत्तापक्षका सांसद तथा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीमाथि अपमान गरिएको भन्दै संसदको रेर्कडबाट हटाउन माग गरेपछि सभामुखले संसदको रेर्कडबाट हटाउन निर्देशन दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने र नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले उक्त शब्द प्रधानमन्त्रीले रोस्टमबाट आफै बोलेको भन्दै प्रधानमन्त्रीले बोलेका शब्द पनि रेर्कडबाट हटाउन माग गरेका थिए ।

 

वि.सं.२०८० जेठ २२ सोमवार १४:११ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...