back
CTIZAN AD

प्रकाशन गृह धेरै हुँदा पनि शैक्षिक सत्र सुरु भएको एक महिना बढी भईसक्दा पनि पाठ्यपुस्तक पाउनै मुस्किल

वि.सं.२०८० जेठ २२ सोमवार

633 

shares

भजनी । कैलालीको टीकापुरका राजेन्द्र विश्वकर्मा आफ्ना बालबालिकालाई निजी विद्यालयमा अध्ययन गराउछन् । शैक्षिक सत्र सुरु भएको एक महिनाभन्दा बढी हुँदा पनि उनले अझै बालबालिकाका पाठ्यपुस्तक पाएका छैनन् । बजारका सबै पुस्तक पसलमा धाउँदा पनि पुस्तक नपाएपछि घरमा बालबालिकालाई फकाउनै मुस्किल भएको उनी बताउँछन् ।

“एक महिनादेखि विद्यधालयले तोकेको पाठ्यपुस्तक भेटिएको छैन । भेटिए पनि एउटा आज अर्को भोलि गरेर भेटिन्छ ।“राजेन्द्र भन्छन् , “पुस्तक नभएपछि बालबालिका विद्यालय जान मान्दैनन् । बजारमा पुस्तक पनि पाइँदैन । पाइए पनि बर्सेनि पुस्तक परिवर्तन भएको हुन्छ । यो समस्या झेल्ने उनी मात्रै हाइनन् । निजी विद्यालयले कमिसनको चक्करमा विद्यालयपिच्छे फरक–फरक पुस्तक तोकेकाले र बर्सेनि पाठ्यपुस्तक परिवर्तन भएकाले प्राय सबै अभिभावकलाई बजारमा सहजरूपमा पाठ्यपुस्तक पाउनै मुस्किल छ । कतिपय विद्यालयले त आफ्नै पुस्तक पसल सञ्चालनमा ल्याएका छन् । त्यहाँ पाइने पाठ्यपुस्तक अन्य पुस्तक पसलमा पाइँदैन ।

“बर्सेनि पाठ्यपुस्तक परिवर्तन हुँदा नयाँ पाठ्यपुस्तक किन्नुपर्ने बाध्यता छ । त्यो पनि सबै पुस्तक पसलमा पाइँदैन ।” स्थानीयवासी सावित्रा तिमिल्सिना भनछिन् , “पाठ्यपुस्तक पनि निकै महँगा छन् । पहिले १० प्रतिशत छुट पाइने भए पनि यसवर्ष छुट पनि छैन । रहरले भन्दा बाध्यताले पुस्तक किन्नु परेको छ ।”
टीकापुर नगरपालिकामा ३५ सामुदायिक र ४७ संस्थागत तथा निजी विद्यालय छन् ।

त्यसमा पनि ३७ वटा विद्यालय प्याब्सनको मातहतमा छन् । सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै भए पनि संस्थागत तथा निजी विद्यालयमा भने २८ भन्दा बढी पब्लिकेसन्सका पाठ्यपुस्तक प्रयोगमा ल्याइएका छन् । धेरै पब्लिकेसन्सका पाठ्यपुस्तक किन्नुपर्ने भएकाले त्यसको मारमा अभिभावक र विद्यार्थी पर्दैआएका हुन् । पुस्तक पसलेले प्रर्याप्त पुस्तक खरिद गर्न नसक्दा सहजैरुपमा अभिभावकले पनि पाउँदैनन् ।

समयमै पाठ्यपुस्तक नपाउँदा पठनपाठनमा समेत असर पर्दै गएको छ ।“हामीले त्यत्रो पब्लिकेसन्सको पुस्तक मगाएर बिक्री गर्नसक्ने अवस्था छैन । पुस्तक नराखौँ भने व्यापारबाट विस्थापित हुनुपर्ने अवस्था छ ।“पुस्तक व्यापारी देवी जैशी भन छिन्, “एउटा विद्यालयमा लागू भएको पाठ्यपुस्तक अर्कोमा काम लाग्दैन । कसरी पुस्तक बिक्री गर्ने ? कस्को पुस्तक बिक्री गर्ने ? अभिभावकलाई जस्तो तनाब छ हामीलाई पनि त्यस्तै हुन्छ ।”

यस विषयमा टीकापुर नगरपालिकालाई पनि सबै जानकारी भएर पनि केही गर्न सकेको छैन । नगरपालिकाका शिक्षा शाखा रहेका प्रमुख उपसचिव दमनसिंह चौधरी निजी विद्यालयसँग पाठ्यक्रमका विषयमा छलफल गर्ने तयारी भएको बताउछन् । उनी व्यक्तिगत स्वार्थका कारण विद्यालयले आफूखुसी पाठ्यपुस्तक तोक्ने गरेकाले त्यसलाई निरुत्साहित गर्ने जिम्मा नगरपालिकाको भएको उल्ल्ेख गर्छन् ।

“हामीमा पनि यो खबर आइपुगेको छ । आजभोलि नै प्याब्सन र एनप्याव्सनलाई बोलाएर त्यस विषयमा छलफल गर्ने तयारी गरेका छौँ ।“उपसचिव चौधरी भन्छन् , “ व्यक्तिगत स्वार्थ र कमिसनको चक्करमा विद्यालयले शिक्षाको नाममा व्यापार गरेको भान हामीलाई पनि भएको छ । यसलाई रोक्छौँ ।” यसवर्ष निजी विद्यालयमा देखिएको पाठ्यपुस्तकको समस्यालाई समाधान गर्न नसके पनि विद्यार्थीले प्राप्त गर्न नसकेका पाठ्यपुस्तकको व्यवस्थापनमा विद्यालयलाई जिम्मेवार बनाउन सकिनेमा उनी जोड दिन्छन् ।

नगरपप्रमुख रामलाल डगौराले निजी विद्यालयमा देखिएको पाठ्यपुस्तकको समस्याबारेमा पुस्तक व्यवसायीसँग छलफल भएकाले त्यसलाई समाधान गरिने बताउछन् । “यो विषय अलि ढिलो उठ्यो । हामीलाई पनि ढिलो गरी जानकारीमा आयो । अब अर्को वर्षदेखि कडाइका साथ निगरानी गर्छौं” नगर प्रमुख थारु भन्छन्, “जे भइरहेको छ, त्यो गलत भइरहेको छ । गलतलाई सुधार गर्न हामी लाग्छौँ ।” प्याब्सन टीकापुर शाखाका अध्यक्ष मानबहादुर थापा पाठ्यपुस्तकमा एकरुपता ल्याउन गाह्रो रहेको उल्लेख गर्छन्।

“अब हामीले मात्रै भनेर एकरुपता ल्याउन निकै कठिन छ । प्याब्सनले भने बमोजिमको निर्णय सम्बन्धित विद्यालयले कार्यान्वयन नगरेकाले ती विद्यालयलाई पुस्तकको स्वतन्त्रता छोडिदिएका छौँ ।” अध्यक्ष थापा भनछन्, “हामीलेभन्दा पनि नगरपालिकाले त्यसको निर्णय गर्न सक्यो र त्यसलाई कार्यान्वयन गर्न सक्यो भने राम्रो हुन्छ । अहिले फरक–फरक पाठ्यपुस्तकका कारण अझै कैयौँ विद्यार्थीको हातमा पाठ्यपुस्तक नपरेको कुरा सहि हो ।” file photo

 

वि.सं.२०८० जेठ २२ सोमवार १४:१४ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...