Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रकाशन गृह धेरै हुँदा पनि शैक्षिक सत्र सुरु भएको एक महिना बढी भईसक्दा पनि पाठ्यपुस्तक पाउनै मुस्किल



भजनी । कैलालीको टीकापुरका राजेन्द्र विश्वकर्मा आफ्ना बालबालिकालाई निजी विद्यालयमा अध्ययन गराउछन् । शैक्षिक सत्र सुरु भएको एक महिनाभन्दा बढी हुँदा पनि उनले अझै बालबालिकाका पाठ्यपुस्तक पाएका छैनन् । बजारका सबै पुस्तक पसलमा धाउँदा पनि पुस्तक नपाएपछि घरमा बालबालिकालाई फकाउनै मुस्किल भएको उनी बताउँछन् ।

“एक महिनादेखि विद्यधालयले तोकेको पाठ्यपुस्तक भेटिएको छैन । भेटिए पनि एउटा आज अर्को भोलि गरेर भेटिन्छ ।“राजेन्द्र भन्छन् , “पुस्तक नभएपछि बालबालिका विद्यालय जान मान्दैनन् । बजारमा पुस्तक पनि पाइँदैन । पाइए पनि बर्सेनि पुस्तक परिवर्तन भएको हुन्छ । यो समस्या झेल्ने उनी मात्रै हाइनन् । निजी विद्यालयले कमिसनको चक्करमा विद्यालयपिच्छे फरक–फरक पुस्तक तोकेकाले र बर्सेनि पाठ्यपुस्तक परिवर्तन भएकाले प्राय सबै अभिभावकलाई बजारमा सहजरूपमा पाठ्यपुस्तक पाउनै मुस्किल छ । कतिपय विद्यालयले त आफ्नै पुस्तक पसल सञ्चालनमा ल्याएका छन् । त्यहाँ पाइने पाठ्यपुस्तक अन्य पुस्तक पसलमा पाइँदैन ।

“बर्सेनि पाठ्यपुस्तक परिवर्तन हुँदा नयाँ पाठ्यपुस्तक किन्नुपर्ने बाध्यता छ । त्यो पनि सबै पुस्तक पसलमा पाइँदैन ।” स्थानीयवासी सावित्रा तिमिल्सिना भनछिन् , “पाठ्यपुस्तक पनि निकै महँगा छन् । पहिले १० प्रतिशत छुट पाइने भए पनि यसवर्ष छुट पनि छैन । रहरले भन्दा बाध्यताले पुस्तक किन्नु परेको छ ।”
टीकापुर नगरपालिकामा ३५ सामुदायिक र ४७ संस्थागत तथा निजी विद्यालय छन् ।

त्यसमा पनि ३७ वटा विद्यालय प्याब्सनको मातहतमा छन् । सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै भए पनि संस्थागत तथा निजी विद्यालयमा भने २८ भन्दा बढी पब्लिकेसन्सका पाठ्यपुस्तक प्रयोगमा ल्याइएका छन् । धेरै पब्लिकेसन्सका पाठ्यपुस्तक किन्नुपर्ने भएकाले त्यसको मारमा अभिभावक र विद्यार्थी पर्दैआएका हुन् । पुस्तक पसलेले प्रर्याप्त पुस्तक खरिद गर्न नसक्दा सहजैरुपमा अभिभावकले पनि पाउँदैनन् ।

समयमै पाठ्यपुस्तक नपाउँदा पठनपाठनमा समेत असर पर्दै गएको छ ।“हामीले त्यत्रो पब्लिकेसन्सको पुस्तक मगाएर बिक्री गर्नसक्ने अवस्था छैन । पुस्तक नराखौँ भने व्यापारबाट विस्थापित हुनुपर्ने अवस्था छ ।“पुस्तक व्यापारी देवी जैशी भन छिन्, “एउटा विद्यालयमा लागू भएको पाठ्यपुस्तक अर्कोमा काम लाग्दैन । कसरी पुस्तक बिक्री गर्ने ? कस्को पुस्तक बिक्री गर्ने ? अभिभावकलाई जस्तो तनाब छ हामीलाई पनि त्यस्तै हुन्छ ।”

यस विषयमा टीकापुर नगरपालिकालाई पनि सबै जानकारी भएर पनि केही गर्न सकेको छैन । नगरपालिकाका शिक्षा शाखा रहेका प्रमुख उपसचिव दमनसिंह चौधरी निजी विद्यालयसँग पाठ्यक्रमका विषयमा छलफल गर्ने तयारी भएको बताउछन् । उनी व्यक्तिगत स्वार्थका कारण विद्यालयले आफूखुसी पाठ्यपुस्तक तोक्ने गरेकाले त्यसलाई निरुत्साहित गर्ने जिम्मा नगरपालिकाको भएको उल्ल्ेख गर्छन् ।

“हामीमा पनि यो खबर आइपुगेको छ । आजभोलि नै प्याब्सन र एनप्याव्सनलाई बोलाएर त्यस विषयमा छलफल गर्ने तयारी गरेका छौँ ।“उपसचिव चौधरी भन्छन् , “ व्यक्तिगत स्वार्थ र कमिसनको चक्करमा विद्यालयले शिक्षाको नाममा व्यापार गरेको भान हामीलाई पनि भएको छ । यसलाई रोक्छौँ ।” यसवर्ष निजी विद्यालयमा देखिएको पाठ्यपुस्तकको समस्यालाई समाधान गर्न नसके पनि विद्यार्थीले प्राप्त गर्न नसकेका पाठ्यपुस्तकको व्यवस्थापनमा विद्यालयलाई जिम्मेवार बनाउन सकिनेमा उनी जोड दिन्छन् ।

नगरपप्रमुख रामलाल डगौराले निजी विद्यालयमा देखिएको पाठ्यपुस्तकको समस्याबारेमा पुस्तक व्यवसायीसँग छलफल भएकाले त्यसलाई समाधान गरिने बताउछन् । “यो विषय अलि ढिलो उठ्यो । हामीलाई पनि ढिलो गरी जानकारीमा आयो । अब अर्को वर्षदेखि कडाइका साथ निगरानी गर्छौं” नगर प्रमुख थारु भन्छन्, “जे भइरहेको छ, त्यो गलत भइरहेको छ । गलतलाई सुधार गर्न हामी लाग्छौँ ।” प्याब्सन टीकापुर शाखाका अध्यक्ष मानबहादुर थापा पाठ्यपुस्तकमा एकरुपता ल्याउन गाह्रो रहेको उल्लेख गर्छन्।

“अब हामीले मात्रै भनेर एकरुपता ल्याउन निकै कठिन छ । प्याब्सनले भने बमोजिमको निर्णय सम्बन्धित विद्यालयले कार्यान्वयन नगरेकाले ती विद्यालयलाई पुस्तकको स्वतन्त्रता छोडिदिएका छौँ ।” अध्यक्ष थापा भनछन्, “हामीलेभन्दा पनि नगरपालिकाले त्यसको निर्णय गर्न सक्यो र त्यसलाई कार्यान्वयन गर्न सक्यो भने राम्रो हुन्छ । अहिले फरक–फरक पाठ्यपुस्तकका कारण अझै कैयौँ विद्यार्थीको हातमा पाठ्यपुस्तक नपरेको कुरा सहि हो ।” file photo

 


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।