back
CTIZAN AD

साइमेक्स इंक कम्पनीले १५ सय विरुवा रोप्ने

वि.सं.२०८० जेठ २३ मंगलवार

1K 

shares

काठमाडौं । बीवाइडीका लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकले १५ सय रूखका बिरुवा रोप्ने भएको छ ।

जस अन्तर्गत सोमबार वातावरण दिवसको अवसर पारेर कम्पनीले २ सय बिरुवा रोपेको छ । साइमेक्स इंक कम्पनीका अनुसार बाँकी १३०० बिरुवा आगामी १५ दिन भित्रमा रोप्ने तालिका रहेको छ । बीवाइडीले चखण्डो सामुदायिक वनमा सो बिरुवा रोपेको हो ।

साइमेक्स इंकले ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ नामक अभियानको अन्तर्गत वृक्षारोपण गरिएको हो । यस अभियानमार्फत कम्पनीले २०६२ सालमा अवैध बालुवा उत्खनन र वन फँडानीको शिकार भएको सामुदायिक वनको पुनःस्थापना र पुनरुत्थान गर्ने लक्ष्य राखेको जनाएको छ ।

विश्वको सबैभन्दा प्रदूषित सहरको सूचिमा परेको काठमाडौंलाई सो अभियानले ८२७ टन अक्सिजन उत्पादन गर्ने र ३१० टन कार्बन भण्डारण गरेर योगदान पुर्याउने प्रक्षेपण गरेको कम्पनीले जनाएको छ ।

साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले चखण्डोल सामुदायिक वन क्षेत्रको पुनर्स्थापना गर्ने गरी मिलेर काम गर्न पाउँदा आफूहरू हर्षित भएको कुरा व्यक्त गरिन् ।

‘दिगो अभ्यास र सामुदायिक संलग्नताको लाभ उठाएर हामी काठमाडौंका जनताका लागि हरियाली र स्वस्थ वातावरण सिर्जना गर्ने लक्ष्य राख्छौं’, उनले भनिन् । कार्यक्रममा वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतो तथा कलाकार हरिवंश आचार्यको पनि सहभागिता रहेको थियो ।

वि.सं.२०८० जेठ २३ मंगलवार ०८:१६ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...