back
CTIZAN AD

दसरा मेला हेरेर फर्किएका युवकको भिरबाट लडेर मृत्युु

वि.सं.२०८० जेठ २३ मंगलवार

732 

shares

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ ।

आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली –१ कल्खे गाउँका दानीको मृत्युु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए ।

कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए । सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताउनुभयो ।

दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो ।रासस

वि.सं.२०८० जेठ २३ मंगलवार १२:३२ मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...