Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

२५ बर्षपछि न्युजिल्याण्ड भ्रमण गर्दै प्रधानमन्त्री रबुका



वेलिङ्टन।फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि आफ्नो पहिलो औपचारिक भ्रमणका लागि सोमबार न्युजिल्यान्ड आइपुगेका छन् । प्रधानमन्त्री रबुकाले २५ वर्षअघि सन् १९९८ मा न्युजिल्यान्डको भ्रमण गरेका थिए र अहिले हामी उनलाई पुनः यहाँ स्वागत गर्न तत्पर छौं,न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिप्किन्सलले बताए।

न्युजिल्यान्ड र फिजीबीच जलवायु परिवर्तन जस्ता पारस्परिक हितका क्षेत्रमा घनिष्ट सहयोग आदानप्रदान र आर्थिक रूपमा समृद्ध प्रशान्त क्षेत्रको सुनिश्चितताका निम्ति दीर्घकालीनरूपमा कार्यगत सम्बन्ध रहेको हिप्किन्सले बताएका  छन्।

न्युजिल्याण्डमा रहँदा रबुकाले अकल्याण्ड र वेलिङ्ग्टनमा द्विपक्षीय बैठकहरू र राष्ट्रिय युद्ध स्मारक र प्यासिफिक वार मेमोरियलको औपचारिक भ्रमण गर्ने छन्।

रासस(सिन्ह्वा)


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक