back
CTIZAN AD

समुन्नत पालिका बनाउन युवामैत्री कार्यक्रममा जोड दिनुपर्छ मन्त्री मोक्तान

वि.सं.२०८० जेठ २३ मंगलवार

927 

shares

हेटौँडा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले समुन्नत पालिका र यसमार्फत समुन्नत प्रदेशको विकासका लागि युवामैत्री पालिका निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । उनले प्रदेश बागमती प्रदेशको युवा परिषद्ले प्रदेशका पालिकाहरुलाई युवामैत्री बनाउन आयोजित अभिमुखीकरण तालिममा यस्तो कुरा बताएकी हुन् । मन्त्री मोक्तानले युवालाई आफ्नो गाउँको विकासमा लगाएर विदेश पलायन रोक्नका लागि पनि पालिकालाई युवामैत्री बनाइनुपर्ने जनााईन् । उनका अनुसार स्थानीय युवामैत्री शासन निर्माण गर्दा उत्पादन पनि वृद्धि हुनेछ ।

प्रदेशका स्थानीय तहहरुबाट नगर वा गाउँपालिका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, प्रशासकीय अधिकृत, पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख, खेलकुद हेर्ने कार्यपालिका सदस्यसहितलाई तालिम दिइएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिउ। उनका अनुसार कार्यक्रमको पहिलो दिन प्रदेश युवा नीति र कार्यक्रम, युवाको परिभाषा र विद्यमान कानुनी व्यवस्था र युवामैत्री स्थानीय शासनको अवधारणाबारे जानकारी गराइएको थियो । आज दोस्रो दिन स्थानीय शासनको सूचकहरुको विषयमा छलफल गरिएको उपाध्यक्ष चौलागाईंले जनाए।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले स्थानीय तहका हरेक नीतिगत तथा कार्यक्रमगत तहमा हुने गतिविधिमा युवामैत्री वातावरण निर्माण गर्न सकेमात्र त्यसले समग्र शासकीय प्रक्रिया तथा पद्धतिको गुणस्तर अभिवृद्धि हुने बताईन्। उनले शासन प्रणालीमा युवाको अर्थपूर्ण सहभागिता र उनीहरुको नेतृत्वलाई सुनिश्चित गर्दै स्थानीय तहको नीति, संरचना, प्रणाली कार्यप्रक्रिया तथा व्यवहारमा उनीहरूको संलग्नता सुनिश्चित गर्नका लागि युवामैत्री स्थानीय शासन आवश्यक रहेको बताईन्। परिषद्ले १३ जिल्लाको १५ पालिकालाई हेटौँडामा तालिम दिएको हो । तालिममा सहभागीले आ–आफ्नो पालिकालाई युवामैत्री बनाउन व्यवस्थित योजना बनाउनेछन् । प्रदेश र सङ्घीय सरकारको साथ र सहयोगमा पालिकालाई युवामैत्री बनाउन कार्यक्रम प्रभावकारी भएको सहभागीको भनाइ थियो ।

अभिमुखीकरणले युवा लक्षित कार्यक्रम तयार पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । युवाका मुद्दामा चाहेर पनि योजना बनाउन नसकेको उल्लेख गर्दै सहभागीले आगामी दिनमा युवालक्षित प्रभावकारी कार्यक्रम तयार पार्ने प्रतिबद्धता जनाए ।

वि.सं.२०८० जेठ २३ मंगलवार १६:०९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...