काठमाडौं । नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकार अल्पमतमा परेको छ । प्रदेशमा सहयोगी दल नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएसँगै हिक्मत कुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
मंगलबार माओवादी केन्द्र सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) पनि यसअघि नै सरकारबाट बाहिरीसकेको थियो ।
कार्की नेतृत्वको प्रदेश सरकारलाई हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्रै समर्थन छ ।
माओवादी केन्द्र र जसपा बाहिरिएसँगै कार्की नेतृत्व सरकार स्पष्टरुपमै अल्पमतमा परेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ । तर, कार्की नेतृत्वको सरकारको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसदको समर्थन छ ।
यता, माओवादी केन्द्र पनि बाहिरिएसँगै विपक्षी मोर्चा बलियो बनेको छ । विपक्षीतर्फको कांग्रेससँग २९, माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सांसद छन् ।
सम्बन्धित समाचार
वि.सं.२०८० जेठ २३ मंगलवार १७:०८ मा प्रकाशित






























