back
CTIZAN AD

बजाजको ‘नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन’ सम्पन्न

वि.सं.२०८० जेठ २४ बुधवार

798 

shares

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको ‘नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन’ सम्पन्न गरेको छ । आफ्ना उपभोक्ताहरूलाई आकर्षक लाभ प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने उद्देश्यले यो अभियान नयाँ वर्ष २०७८ को अवसरमा शुभारम्भ गरिएको थियो ।

अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो । जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प १० हजारसम्मको स्योर शट नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो । कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने ‘यो अभियान हाम्रो अहिले सम्मको यात्रामा हाम्रा ग्राहकहरूले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र सँगै यस उत्सवलाई मनाउने एक माध्यम थियो, नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ ।’

देशभरका ग्राहकहरूले ‘नेतृत्वको २५ वर्ष’ अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएका कम्पनीले बताएको छ । ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकोले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरीय सेवा प्रदान गरेकोले नै अटोमोबाइल क्षेत्रमा बजाज ब्रान्डको रुपमा स्थापित भएको कम्पनीको भनाइ छ । बजाज ब्राण्ड नेपालको सबैभन्दा भरपर्दो मोटरसाइकल ब्रान्ड हुनुका साथै यसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क छ । त्यस्तै यसको रिसेल मूल्य पनि उत्कृष्ट रहेको छ ।

यसका गुणस्तरीय उत्पादनहरू, स्पेयर पार्टको सहज उपलब्धता र ग्राहकमैत्री सेवा सुविधाप्रतिको प्रतिबद्धता जस्ता कारणहरूले गर्दा नै बजाज बाइकले बजारमा उच्चतम स्थान हासिल गरेका छन् । अटोमोवाइल क्षेत्रमा बजाजको निरन्तर २५ वर्षको नेतृत्व यसको नवीनता र गुणस्तरीयताप्रतिको प्रतिबद्धताको प्रमाण भएको कम्पनीले जनाएको छ ।

यसका साथै हाल बजाजको फ्री लि लि योजना पनि चालु रहेको बताइएको छ । जस योजना अन्तर्गत उपभोक्ताहरूले १२५ सिसिसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन् । यस्तै, बजाजको ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदरको अफर पनि चालु रहेको छ ।जसअन्तर्गत उपभोक्ताहरूले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शून्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भ मार्फत् फाइनान्समा बाइक खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।

वि.सं.२०८० जेठ २४ बुधवार ०८:४६ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...