back
CTIZAN AD

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्विरोध

वि.सं.२०८० जेठ २४ बुधवार

717 

shares

काठमाडौ । नेपाल मैदा उद्योग संघको २३औँ वार्षिक साधारण सभाबाट कुमुदकुमार दुगड दोस्रोपटक अध्यक्षमा निर्वाचित बनेका छन् ।

संघको २३औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् । सभाबाट प्रथम उपाध्यक्ष दिनेश कुमार अग्रवाल, द्वितीय उपाध्यक्ष अरुण गोयनका, तृतीय उपाध्यक्ष विकास बेगवानी, महासचिव राधेश्याम अग्रवाल निर्वाचित भएका छन् । यस्तै, सचिवमा आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सन्जय अग्रवाल, कोषाध्यक्ष विनोदकुमार अग्रवाल लगायत कार्यसमिति सदस्यसहित १७ जनाको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

यस्तै, साधारण सभाले मैदा शतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकोले सरकारले मैदालाई कृषि उद्योगमा राखी सुविधा दिन पहल गर्ने समेत निर्णय गरेको छ । यसबाहेक, नेपालमा गहुँको उत्पादन बढाउन नेपाल सरकार, किसान र व्यवसायी मिलेर दीर्घकालीन नीति तर्जुमा गर्ने, मैदाको कच्चा पदार्थ गहुँ नेपालको उत्पादनले मात्र नपुग्ने भएकाले भारतबाट आयात गर्नु पर्ने बाध्यताकारी परिस्थितिलाई सहज बनाउने लगायतका निर्णय समेत गरेको छ ।

यसबाहेक, मैदा नेपालमा आत्मनिर्भर भइसकेकोले विदेशबाट मैदा आयातको आवश्यक नपर्ने, नेपाल सरकारबाट निर्यात अनुदान दिएमा चिन लगायत तेस्रो मुलुकमा मैदा निर्यात गर्न सकिने हुँदा उद्योग संरक्षणको लागि निर्यात अनुदान प्रदान गर्नु पर्ने समेत निर्णय गरेको छ । बैक ब्याज एकल बिन्दुमा कायम गर्न पहल गर्ने र उद्योगकै नाममा गहुँ आयात गर्दा भन्सार दर १ प्रतिशत कायम गर्न पर्ने माग संघको छ ।

वि.सं.२०८० जेठ २४ बुधवार ०८:५२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...