back
CTIZAN AD

सामसङको उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एफ५४ नेपाली बजारमा, के छन् विशेषता ?

वि.सं.२०८० जेठ २४ बुधवार

738 

shares

काठमाडौं । सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन 5G को साथ बजारमा लिएर आएको छ । कम्पनीको यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली छ जसमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध छ ।

६.७” सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरुले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्छन् । ८ जीबी र्‍याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध छ ।

के छन् विशेषता ?

यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन् । यो बाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न दिन्छ ।

ग्यालेक्सी एफ ५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरु दिन्छ । यसको अगाडी रहेको ३२ मेगा पिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइ क्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिन्छ ।

अक्टा–कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ५४ निक्कै नै टिकाउ छ । उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्ता नगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ । २५वाटको सुपर–फास्ट चर्जिंगले ३० मिनेटको चार्जमा नै पुरा दिन मोबाइल चल्नेछ । यति मात्र हैन, ४ जेनेरेसन सम्म ओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टीड सुरक्षा अपडेट पनि पाउनुहुनेछ ।

यसमा रहेको ‘भ्वाइस फोकस’ले आसपासको आवाजहरुलाई कम गर्छ र भोइस वा भिडियो कलको बेला तपाईँको आवाजलाई स्पष्ट बनाउँछ। यसको प्रयोगले प्रयोगकर्ताहरूलाई धेरै आवाज हुने ठाउँहरुमा पनि स्पष्टताका साथ कलहरू गर्न दिन्छ ।

ग्यालेक्सी एफ ५४ २ आकर्षक रङहरूमा उपलब्ध छ – सिल्भर र निलो । यसको ८+२५६ जीबी भेरियन्ट रु.५२,४९९ को मूल्यमा बजारमा उपलब्ध छ । यो मोडल देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको छ ।

वि.सं.२०८० जेठ २४ बुधवार १२:४९ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...